मेरो सेयरका प्रयोगकर्ता तीन गुणाले बढे

पछिल्लो समय सेयर बजारमा लगानी गर्नेको संख्या बढेको पाइएको छ । मंगलबार नेपाल धितोपत्र बोर्ड (सेबोन) को २९औँ वार्षिक उत्सवको अवसरमा जारी गरिएको प्रतिवेदनमा १ वर्षमै सेयर बजारमा लगानी गर्नेको संख्या  उच्चदरले बढेको उल्लेख गरिएको छ । अन्य क्षेत्रमा लगानी गर्ने आधार पनि कम भएको र कारोबारको लागत पनि घटाइएका कारणले बजारप्रति सर्वसाधारणको आकर्षण वृद्धि भई व्यापक रूपमा सहभागिता बढ्न थालेको हो । अर्थतन्त्रमा अन्य लगानी क्षेत्रहरूमा संकुचन आएको र बैंकिङ क्षेत्रमा पर्याप्त तरलता रहेका कारण पनि दोस्रो बजार गतिविधिमा ऐतिहासिक वृद्धि भएको बोर्डले जनाएको छ । बोर्डले जारी गरेको प्रतिवेदनअनुसार अघिल्लो वर्ष ०७७ सालको असार मसान्तसम्ममा डिम्याट खाता खोल्नेको संख्या १७ लाख रहेकामा हाल ३५ लाख पुगेको छ । मेरो सेयरमा खाता खोल्नेको संख्या एक वर्षमै तीन गुुणाले बढेको छ । ०७७ साल असारसम्ममा ७ लाखको मेरो सेयरमा खाता रहेकोमा हाल प्रयोगकर्ता २६ लाख नाघेको छ । अघिल्लो वर्ष सार्वजनिक निष्कासनमा बढीमा ५ लाखले भाग लिने गरेकामा हाल एउटै निष्कासनमा १८ लाखभन्दा बढीले आवेदन दिने गरेको बोर्डले जनाएको छ । त्यस्तै, दोस्रो बजार अनलाइन कारोबार गर्नेको संंख्यामा पनि वृद्धि भएको छ । गत असारमा दोस्रो बजार अनलाइन कारोबार गर्नेका लागि ३५ हजारले युजर आइडी लिएकोमा हालसम्म १७ गुणाले बढेर करिब ६ लाख ६० हजार सक्रिय कारोबारी रहेको बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष भीष्मकुमार ढुुंगाना लगानीको एक मात्र आधार सेयर बजार भएको र प्रविधिको पहुँचले पनि लगानीकर्ताको संख्या बढेको बताउँछन् ।

प्रतिवेदनमा चालू आर्थिक वर्षको १० महिनामा धितोपत्रको प्राथमिक सेयर बजारमार्फत करिब ७८ अर्बबराबरको पुुँजी परिचालन भएको बोर्डको दाबी छ । बोर्डले प्राथमिक बजारमार्फत छरिएर रहेका स–­साना बचत संकलन गरी दीर्घकालीन पुँजी उत्पादशील क्षेत्रमा परिचालन गर्न सहयोग पु¥याउने बोर्डका मूलभूत उद्देश्य रहेको जनाएको छ । दोस्रो बजारको हकमा पनि बजारले अग्रगामी छलाङ मारेको बोर्डको दाबी छ । १ हजार ३ सय ६२ बिन्दुुबाट २ हजार ९ सय हाराहारीमा पुुगेको र कारोबार रकम पनि १७ अर्बमाथि पुुगेकाले कुल गार्हस्थ्य उत्पादनमा बजार पुँजीकरणको अनुपात गत वर्ष ४५ प्रतिशत मात्र रहेकामा हाल कुल गार्हस्थ्य उत्पादनबराबर पुगेको र यसले धितोपत्रको बजार र तरलता बढेको पुष्टि गरेको बोर्डको भनाइ छ । आगामी कार्ययोजनामा धितोपत्र बजारलाई प्रतिस्पर्धी एवं विश्वसनीय बनाउने र स्टक एक्सचेन्जमा कारोबार र एसएमईका लागि छुट्टै प्लेटफर्मको स्थापना गर्ने भएको छ । नेप्से परिसूचक तथा बजार परिसूचकहरूको गणना विधिमा सुधार गरी यथार्थपरक बनाउने र वस्तु विनिमय बजार सञ्चालन गर्ने बोर्डको आगामी रणनीति रहेको  छ । इक्विटी डेरिभेटिभ्सलगायतका लगानीका उपकरणहरू थप्ने र समग्रमा पुँजी बजारसम्बन्धी सेवाहरूलाई प्रविधिसँग जोड्ने रणनीतिक योजनाका साथ अघि बढ्ने तयारी रहेको बोर्डका अध्यक्ष भीष्म ढुुंगानाले जानकारी दिए ।

सेयर कर्नरिङ सम्बन्धमा बोर्डले अध्ययन गर्ने
नेपाल धितोपत्र बोर्डले  सेयर कर्नरिङ र सर्कुलर ट्रेडिङका सम्बन्धमा अध्ययन सुरु गर्ने भएको छ । पछिल्लो समय दोस्रो बजारमा कारोबार वृद्धिसँगै सेयर कर्नरिङ र सर्कुलर ट्रेडिङ भएको गुनासो आएपछि बोर्डले अध्ययन गर्ने भएको हो । बोर्डले मंगलबार विज्ञप्ति जारी गर्दै धितोपत्रसम्बन्धी ऐन २०६३ ले बर्जित गरेका क्रियाकलापमा संलग्न नहुन पनि सबैलाई आग्रह गरेको छ ।

करेक्सनपछि नेप्से पुुनः उकालो यात्रातर्फ 
करेक्सनपछि नेप्से फेरि उकालो यात्रातर्फ लम्किएको छ । सोमबार झिनो अंकको करेक्सनपछि सेयर बजारले पुुनः उकालो यात्रा तय गरेको हो । उच्च अंकपछिको करेक्सन हुँदा बजारले अझै केही दिन करेक्सनमै जाने लगानीकर्ताको अपेक्षाविपरीत सेयर बजारमा हरियाली छाएको हो । नेप्से परिसूचक ५३ दशमलव ४४ अंकले बढेर २ हजार ९ सय ६० दशमलव १४ बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स ७ दशमलव ४७ अंकले बढेर ५ सय २८ दशमलव १० बिन्दुुमा पुुगेको छ ।

कारोबारमा आएका १३ समूहका सूचकमध्ये १० समूहको सूचक सकारात्मक रहेको छ भने ३ समूहको सूचक नकारात्मक बन्न पुुगेको छ । विकास बैंक र फाइनान्समा लगानीकर्ताको आकर्षण सबैभन्दा बढी देखिएको छ । यी कम्पनीको सेयर मूल्य करिब ८ प्रतिशतले बढेको छ भने निर्जीवन बिमा कम्पनी, जीवन बिमा, लगानीगत र वाणिज्य बैंकमा पनि हरियाली छाएको छ । यस दिन धितोपत्र र ऋणपत्र गरी करोबारमा आएका २ सय १८ कम्पनीको ३ करोड ५७ लाख कित्ता–इकाइ सेयर किनबेच हुुँदा १६ अर्ब ९५ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै सेयर खरिद–बिक्री हुुने कम्पनीमा नेपाल रि–इस्योरेन्स कम्पनी रहेको छ । यसको १ अर्ब ६ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ । रसुुवागढी हाइड्रोपावर कम्पनीको ४७ करोड ८२ लाख रुपैयाँ र युुनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ३७ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ । Source: nayapatrikadaily

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x