सीइडीबी हाइड्रोपावरको कारोबार खुला, सर्किट लागेर बढ्यो भाउ

काठमाडौं : सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ । नेप्सेमा बुधबार यसको पहिलो कारोबार प्रतिकित्ता ४१६ रुपैयाँमा भएको थियो । त्यसपछि लगातार भाउ बढ्दै सर्किट लागेको हो । बुधबार बिहान ११ः२५ बजेसम्म सीइडीबीको सेयर भाउ ९.८६५ ले बढेर प्रतिकित्ता ४५७ रुपैयाँ पुगेको छ । ‘सीएचडीसी’ संकेतमा यसको कारोबार भएको छ । यो हाइड्रोपावर कम्पनी मंगलबार मात्र नेप्सेमा सूचीकरण भएको हो । सीइडीबीको चुक्ता पुँजीका आधारमा कायम कुल ८३ लाख ९४ हजार कित्ता सेयर मंगलबार नेप्सेमा सूचीकरण भएको छ । नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम १३८ रुपैयाँ ७९ पैसादेखि अधिकतम ४१६ रुपैयाँ ३७ पैसासम्म तोकेको थियो । सोही रेन्जको उच्चतम विन्दुबाट बुधबार यस कम्पनीको सेयर कारोबार खुला भएको हो ।
Source: nepalipaisa
काठमाडौं : सेयर बजार सूचक नेप्सेले ३ हजार विन्दुको पनि परीक्षण गरेको छ । नेप्से सूचक इन्ट्रा डे कारोबारमा ३००५ विन्दुसम्म पुगेको हो । त्यसपछि सूचक केही तल झरेर कारोबार भइरहेको छ । खरिदबिक्री रकममा तेजी आउनेक्रम जारी छ । यो समाचार तयार पार्दासम्म (करिब १ः२२ बजे) १० अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भइसकेको छ । नेप्से सूचक पनि १० अंकभन्दा बढीले वृद्धि भएको छ । कतिपय कम्पनीको भाउ सर्किट लाग्ने तहमा कारोबार भइरहेको छ । बजार बुल रनमा रहेकाले पछिल्ला दिनहरुमा नयाँ–नयाँ रकेर्डहरु बनिरहेका छन् ।
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x