भ्यालेन्टाइन्स डेअघि आमिर खानकी छोरी इराले स्विकारिन् सम्बन्ध,सेयर गरिन् रोमान्टिक फोटो

आमिर खानकी छोरी इराले अन्ततः नुपुर शिखरेसँगको आफ्नो सम्बन्धलाई आधिकारिक गरेकी छिन् । इराले यसका लागि भ्यालेन्टाइन्स विक छानेकी छिन् ताकि उनले आफ्नो प्रेम उजागर गर्न सकून् । इराले आफ्नो र नुपुरका केही तस्बिर पनि सोसल मिडियमा सेयर गरेकी छिन् । जसमा यी दुईबीचको केमेस्ट्री स्पष्ट रुपमा देख्न सकिन्छ । इराले पोस्टमा लेखेकी छिन्, ‘तिमीसँग र तिम्रालागि वचन लिनु एक सम्मान हो ।

’इराले यो पोस्टसँग थुप्रै ह्याश ट्याग लेखेकी छिन् । जसमा उनले यो स्पष्ट पारेकी छिन् कि नुपुर उनका भ्यालेन्टाइन र ड्रीम बोय हुन् । इराको यो पोस्टमा थुप्रै सेलिब्रिटीले कमेन्ट गरेर उनीहरुको सम्बन्धलाई प्रेम दिएका छन् । नुपुर आफैंले पनि इराको पोस्टमा रेड हार्ट इमोजीसहित आई लभ यू लेखेका छन् ।स्मरण रहोस्, नुपुर आमिर खानका फिटनेस कोच हुन् । यी दुई करिब ९ महिनादेखि प्रेम सम्बन्धमा छन् ।

इरा र नुपुर हालै आमिर खानको महाबलेश्वर फार्महाउसमा छुट्टी मनाउन गएका थिए । इराले नुपुरलाई आफ्नी आमा रिना दत्तसँग पनि भेट गराएकी छिन् ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x