अडानी एयरपोर्टको करिब ३० हजार करोडको आइपीओ

काठमाडौं : भारतका दोस्रो धनी व्यक्तिको रुपमा सथापित गौतम अडानीले आफ्नो एयरपोर्ट होल्डिङ कम्पनीको आइपीओ जारी गर्ने तयारी गरेका छन् । ‘अडानी एयरपोर्टस् होल्डिङ्स’ को झण्डै ३० हजार करोड भारतीय रुपैयाँ बराबरको आइपीओ जारी गर्न तयारी सुरु भइसकेको छ । आइपीओ रकम २५ हजार ५०० करोडदेखि २९ हजार २०० करोड भारुसम्म रहने अनुमान गरिएको छ । अडानीले आफ्नो होल्डिङ कम्पनीबाट एयरपोर्ट बिजनेसलाई अलग गर्ने योजनास्वरुप आइपीओ तयारी गरेको बताइएको छ । भारतमा मुकेस अम्बानीपछि दोस्रो धनी व्यक्तिका रुपमा गौतम अडानी रहेका छन् । अडानीले मुख्यगरी पूर्वाधारको क्षेत्रमा लगानी गर्दै आएका छन् । सुरुवातमा उनको लगानी कोइलामा रहेको थियो । तर पछिल्लो समय विविधिकरण गर्दै खानी, पोर्ट, पावर प्लान्टदेखि एयरपोर्ट र डाटा सेन्टरमा समेत लगानी पुर्याएका छन् ।

अडानी एयरपोर्टले सन् २०१९ मा भारतका ६ वटा क्षेत्रीय एयरपोर्टहरुलाई आधुनिकीकरण गरी सञ्चालन गर्ने जिम्मेवारी पाएदेखि नै एयरपोर्ट बिजनेसमा सक्रिय रहँदै आएको छ । यसबाहेक भारतको दोस्रो व्यस्त एयरपोर्टको रुपमा चिनिने मुम्बई एयरपोर्ट पनि अडानीले सञ्चालन गर्दै आएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग नजिकको सम्बन्ध रहेका कारण अडानी विवादमा पनि तानिने गरेका छन् । भारत सरकारले अडानीलाई सहजै परियोजनाहरु दिने गरेको आरोप लाग्ने गरेको छ । एयरपोर्टको क्षेत्रमा पनि कुनै अनुभव नभएको अडानी ग्रुपलाई भारतले परयोजना हस्तान्तरण गरेको आरोप लागेको छ ।
Source: nepalipaisa

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x