पोखरीमा डुबेर धनुषामा ५ बालिकाको मृत्यु, २ बालिका बेपत्ता

शुक्रबार दिउँसो धनुषाको मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको पोखरीमा डुबेरमा मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक (एसपी) प्रकाश रानाभाटले जानकारी दिए।घाँस काट्न गएका बालिकाहरु गर्मी भएपछि दिउँसो १२ः०० बजेको समयमा नजिकैको खेतमा माछा पालनका लागि बनाइएको पोखरीमा नुहाउन गएका थिए। नुहाउन गएका बालिकाहरुको पानीमा डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ। स्थानीयले दुई जना बालिका हराएको भनेपछि उनीहरुको खोजी जारी रहेको एसपी रानाभाटले जानकारी दिए। स्थानीयवासी पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी र उतिम साह तेलीकी १२ वर्षीया छोरी ललिताको मृत्यु भएको प्रहरीले जनाएको छ।Source: nepallive

यो पनि पढ्नुहोस्: कप्तान लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कोपा अमेरिका २०२१ का लागि राष्ट्रिय टिम घोषणा गरेको छ। अर्जेन्टिना फुटबल फेडेरेसन (एएफए) र मुख्य प्रशिक्षक लियोनेल स्कोलानीले  शुक्रबार २८ सदस्यीय टिम घोषणा गरेको हुन्। टोलीमा कप्तान मेस्सीसँगै सर्जियो अगुएरो र लुकास एलारियो छन्। यता  विंगर लुकास ओकम्पासले भने स्थान बनाउन सकेनन्। विश्वकप छनोटमा चिलीसँग १–१ गोलको बराबरी खेलेको खेलमा उनी शुरुआती रोजाइमा परेका थिए। यस्तै जुलिएन अल्भारेजलाई विकल्पमा राखिएको छ। चोटसँग जुधिरहेका लुकास एलारियोले पूर्ण ठीक नभएकाले उनलाई विकल्पमा राखिएकाे हाे। कोपा अमेरिका आगामी शनिबार रातिबाट सुरु हुँदैछ। अर्जेन्टिनाले पहिलो खेल आगामी जुन १५ बिहान २:४५ मा चिलीसँग प्रतिस्पर्धा गर्दैछ।प्रतियोगितामा साविक विजेता ब्राजिल समूह बी मा छ। यो समूहमा ब्राजिलसहित कोलम्बिया भेनेजुएला इक्वेइडर र पेरु छन्। समूह ए मा अर्जेन्टिना बोलिभिया उरुग्वे चिली र पाराग्वे छन्। प्रतियोगिताको उद्घाटन खेल आगामी शनिबार मध्यराति २:४५ बजे आयोजक ब्राजिल र भेनेजुएलाबीच हुनेछ।

अर्जेन्टिनाको टिम
गोलकिपर : फ्रान्को अर्मानी एलिमियानो मार्टिनेज जुवान मुस्सो अगस्टिन मार्चेसिन
डिफेन्डर : गोन्जालो मोन्टिल निकोलास ओटामेन्डी जर्मन पेजाल्ला निकोलास टाग्लियाफिको लुकास मार्टिनेज मार्कोस अकुना लिसान्द्रो मार्टिनेज नहुइल मोलिना क्रिस्टियन रोमेरो
मिडफिल्डर :लिएन्द्रो परेडेस जिओभानी ले सेल्सो पालाकोइस निकोलास गोन्जालेज गुइडो रोद्रिगेज रोद्रिगो डे पाउल अलेजान्द्रो गोमेज एन्जेल कोरिआ निकोलास डोमिन्ज्युज
फरवार्ड : लियाेनल मेस्सी लाउटारो मार्टिनेज एन्जेल डि मारिया जोआक्विन कोरिआ सर्जियो अग्युरो लुकास एलारियो

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x