‘फटाह फणिन्द्रे’मा छुल्ठिम र कर्माको रोमान्स

काठमाडौँ । अभिनेता कर्मासँग अभिनेत्री छुल्ठिम गुरुङको रोमान्स रहने भएको छ । अरुण खड्काको निर्माण निर्देशन रहने फिल्म ‘फटाह फणिन्द्रे’मा यी दुबै जोडीका रुपमा देखिन लागेका हुन् ।

मंगलबार आफ्नो जन्मदिनको अवसर पारेर निर्माता अरुण खड्काले फिल्मको मुख्य भूमिकाको लागि कर्मा, छुल्ठिम र  रोहित रुम्बालाई अनुबन्धित गरेका हुन् । केही अगाडि घोषणा भएको यो फिल्मको मुख्य भूमिकाको लागि यस अगाडि सुस्मा कार्की अनुबन्धित भैसकेकी छन् । फिल्मका लागि अन्य कलाकार भने छनौटको क्रममा रहेका छन् ।

श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सन प्रालीको संयुक्त ब्यानरमा निर्माण हुन लागेको फिल्मको प्रस्तुतकर्ता सुनिल मानन्धर रहेका छन् । विक्रम सिंह गुरुङ निर्माता र नेत्र बिष्ट कार्यकारी निर्माता रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द, विपिन मल्लको सम्पादन र ईश्वरलाल सिंकेमनको छायाँकन रहनेछ ।

उत्तम केसीको कथा रहेको फिल्ममा पट्कथा, संवाद हिमाल उप्रेती सुशिल पोखरेल र अरुण खड्काको रहेको छ । यस अगाडि ‘तिम्रो लागि’, ‘पाठशाला’ लगायत केही फिल्म निर्माण गरेका अरुण यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।

फिल्म निर्माणको सिलसिलामा आफूले यो क्षेत्रमा बिताएको एक दशकमा सिकेको र बटुलेको अनुभव ‘फटाह फणिन्द्रे’मा निर्देशक मार्फत खन्याउन लागेको खड्काले बताए । चैत्रको पहिलोसाताबाट छायाँकन सुरु हुने फिल्मले अपराधको बिषय कमेडीको माध्यमबाट पस्कन लागेको हो । फिल्मका निर्माण नियन्त्रक नेत्र विष्ट हुन् ।

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x