सिजी नेटको आगमनमा अन्य कम्पनीलाई तनाव, धमाधम मुल्य घटाऊदै स्पीड बढाउदै

काठमाडौं । केही दिन अघिबाट ईन्टरनेट व्यवसायमा हात हालेको सिजी नेटले सबैको सातो लिएको छ । तुलान्त्मक रुपमा अरुभन्दा सस्तो र स्पीड भएको नेट आउन थालेपछि अन्य सेवा प्रवाह गर्ने कम्पनीलाई तनाव भएको छ । CG को नेट आएपछि अहिले अन्य कम्पनीहरुले स्पीड बढाउने र मूल्य घटाउने प्रतिस्पर्धा गरिरहेका छन् । वर्ल्डलिङ्कले ७९९ रुपैयाँमा आईपीटिभीसहित सस्तो इन्टरनेट प्याकेज बजारमा ल्यायो । लगत्तै क्लासिक टेकले त्यसलाई काउन्टर दिँदै ७९९ रुपैयाँमै २० एमबीपीएस इन्टरनेटसहित आईपी टिभी सार्वजनिक गर्‍यो । त्यस्तै भायनेटले नेपालमै पहिलो पटक १०० एमबीपीएस गतिको इन्टरनेट (तीन वटा भायटिभी सहितको वार्षिक प्याकेज २१ हजार ६०० रुपैयाँमा) अफर सार्वजनिक गर्‍यो । बजारमा आफूलाई अब्बल देखाउने सिजीले भने एक कदम अगाडि बढ्दै गएको १८ जेठमा चल्तिको मूल्यभन्दा आधा सस्तोमा थप स्पिड सहित १२० एमबीपीएस गतिको इन्टरनेट ल्यायो । सिजीको इन्ट्रीसँगै इन्टरनेट बजारले नयाँ दिशा समातेको छ । चौधरी ग्रुपले एक हजारमा १२० एमबीपीएस स्पीडको गतिमा नेट दिने घोषणा गरेको थियो भने अहिले आक्रामक ग्राहक विस्तार गरिरहेको छ ।
Binod-Chaudhari
यो पनि पढ्नुहोस्
चौधरी ग्रुपले सुरु गर्यो इन्टरनेट, अहिले सम्मकै सस्तोमा इन्टरनेट दिने योजना
चौधरी ग्रुपले इन्टरनेट सुरु गरेको छ । कम्पनीले सिजी कम्युनिकेशनले इन्टरनेट सेवा सुरु गरेको हो । सिजीले अन्तत फिक्स ब्रोडब्यान्ड इन्टरनेट सेवा सुरु गरेको हो। कम्पनीका प्रमुख निर्वान चौधरीले आजदेखि सिजी नेटको सेवा सुरु गरेको जानकारी दिएका छन । द्रुत गतिको इन्टरनेट सस्तो मूल्यमा दिन तत्पर रहेको कम्पनीले जानकारी दिएको छ। सेवा सुरुको अवसरमा कम्पनीले १२० एमबीपिएसको इन्टरनेट कनेक्सनको मासिक शुल्क ९९९ रुपैयाँ निर्धारण गरेको छ। सिजीनेटले विभिन्न प्याकेज सुविधा दिएको छ। ३, ६ र १२ महिनाका लागि प्याकेज सार्वजनिक गरेको छ। तत्कालका लागि कुमारीपाटी,जावलाखेल र इमाडोलमा सर्भिस सेन्टर रहेका छन्। कम्पनीमा सिधै वा सेवा केन्द्रबाट जडान सम्बन्धी जानकारी लिन सकिने छ।

source:arthiksandesh

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x