दीपक मनाङे भन्छन्– अनुहारै देखाएर भन्छु, “म उनीहरुको मान्छे होइन”

पोखरा । प्रदेश सभा सदस्य दीपक मनाङले संसद् विघटन गर्छु भन्नेहरुको पक्षमा आफू नरहेको बताएका छन् । प्रदेश प्रमुखको कार्यकक्षबाहिर धर्नामा रहेका उनले यस्तो बताएका छन् । मैले पहिले नै भनेको थिएँ संसद् विघटन गर्नेहरुसँग म छैन म फेस देखाएरै भन्छु यहाँ छु उनले भने उनीहरुले मेरो मान्छे भन्लान् म उनीहरुको मान्छे होइन ।

Source : baahrakhari

यो पनि पढ्नुहोस् : काठमाडौं, २९ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार शनिबार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी आचार्यले पोखरेलले जानकारी दिए । मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गरेका थिए ।गुरुङले जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटी र प्रदेशसभा सदस्यबाट पदमुक्त भइसकेका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेका थिए । त्यसपछि विपक्षी गठबन्धनका सांसदहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए । नेकपा एमालेकै केही नेताहरुको असन्तुष्टिका बावजुद गुरुङले दावी प्रस्तुत गरेपछि एकछिन अन्यौलको वातावरण बनेको थियो । विपक्षी गठबन्धनको धर्नालगत्तै प्रदेश प्रमुख पौडेलले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x