नेपाल लाइफ सहित एक दर्जन कम्पनीको बोनस शेयर लगानीकर्ताको खातामा आउने (कहिले?)

वार्षिक साधारणसभा गरेको लामो समय भएका तर बोनस शेयर लगानीकर्ताको खातामा आइनसकेका नेपाल लाइफ सहित एक दर्जन कम्पनीको बोनस शेयर २० दिन भित्रमा लगानीकर्ताको खातामा आउने भएको छ । वार्षिक साधारणसभा गरिसकेका तर बिभिन्न कारणले बोनस शेयर बितरण गर्न ढिला भएका ती कम्पनीको बोनस शेयर छिट्टै लगानीकर्ताको खातामा आउने भएको हो । नेपाल धितोपत्र बोर्डका अनुसार वार्षिक साधारणसभा गरिसकेका तर बोनस शेयर लगानीकर्ताको खातामा पठाइ नसकेका कम्पनीहरु करिव दुई दर्जनको संख्यामा रहेका छन् । ती मध्ये अधिकांश कम्पनीहरुले नगद लाभांश लगानीकर्ताको खातामा पठाइसकेका भएपनि बोनस शेयर भने बिभिन्न कारणले लगानीकर्ताको खातामा पठाउन सकेका छैनन् । अब भने लगानीकर्ताको खातामा बोनस शेयर छिट्टै आउने भएको छ । नेपाल लाइफको बोनस शेयर अबको २० दिन भित्र लगानीकर्ताको खातामा आउने भएको छ । बोनस शेयर पाउनका लागि लगानीकर्ताले अब धेरै लामो प्रतिक्षा गर्नु नपर्ने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सूचना अधिकृत दिगबिजय सिङगालले बताए । नेपाल लाइफको शेयर टुक्राउने कार्यले गर्दा बोनस शेयर बितरणमा ढिलाइ भएको हो उनले भने त्यो कार्य अबको १५ दिनमा त्यो काम सकिने र त्यस लगतै बोनस शेयर वितरणको कार्य थालिने छ ।

नेपाल लाइफ इन्स्योरेन्सले माघको अन्तिम साता २० औं वार्षिक साधारणसभा सम्पन्न गरेको थियो । उक्त वार्षिक साधारणसभाले ३१ प्रतिशत बोनस लाभांश र २० प्रतिशत नगद (कर सहित) लाभांश पारित गरेको थियो । नेपाल लाइफले साधारणसभा गरेको पनि चार महिना भइसकेको छ । यसबीचमा उक्त कम्पनीले नगद लाभांश लगानीकर्ताको खातामा राखि दिएपनि बोनस शेयर भने अझै लगानीकर्ताको खातमा राखि दिएको छैन् । अहिले पनि लगानीकर्ताले नेपाल लाइफको बोनस शेयर कहिले आउँछ भनेर प्रतिक्षा गरिरहेका छन् । एक लगानीकर्ताले अर्को लगानीकर्ताले नेपाल लाइफको बोनस कहिले खातामा आउछ भनेर सोध्ने गरेका छन् । तर कुनै पनि लगानीकर्ताले कहिले बोनस शेयर खातामा आइपुग्छ भनेर भन्न सकिरहेका थिएनन् । तर अब भने लगानीकर्ताले नेपाल लाइफको बोनस शेयर पाउन धेरै प्रतिक्षा गर्नु नपर्ने भएको छ । उक्त कम्पनीले अबको २० दिन भित्र लगानीकर्ताको खातामा बोनस शेयर राखि दिने भएको छ । नेपाल लाइफजस्तै अन्य कम्पनी जसले वार्षिक साधारणसभा गरिसकेका छन् । ती कम्पनीको बोनस शेयर पनि ढिलोमा यही महिना भित्र आउने भएको छ ।

नेपाल धितोपत्र बोर्डका अनुसार, वार्षिक साधारणसभा सम्पन्न भएको ३० दिनदेखि ४५ दिन सम्ममा लगानीकर्ताको खातामा आउने गर्छन् । तर, नेपाल लाइफ जस्तै अन्य कम्पनीको पनि बिभिन्न कारणले बोनस शेयर लगानीकर्ताको खातामा आउन ढिला हुने गरेको बोर्डको भनाइ छ । नेपाल धितोपत्र बोर्डका सह प्रवक्ता रुपेश केसीले कम्पनी रजिष्टारको कार्यालयबाट पुँजी बृद्धिको स्वीकृत लिनु पर्ने भएकाले पनि केही कम्पनीको बोनस शेयर लगानीकर्ताको खातामा पठाउन ढिला हुने गरेको बताए । तर, अन्य कम्पनीको भने साधारणसभा भएको ४५ दिन भित्रमा बोनस शेयर लगानीकर्ताको खातामा आइसक्ने उनको भनाइ छ । सामान्यतया आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिना भित्र वार्षिक साधारणसभा गर्नु पर्ने हुन्छ । आर्थिक वर्ष सकिएसँगै सम्बन्धित कम्पनीको सञ्चालक समितिको बैठकद्धारा छलफल गरी नाफाको आधारमा लाभांश घोषणा गर्ने गर्छन् । त्यसरी घोषणा गरिएको लाभांशको स्वीकृतका लागि नियमन गर्ने निकायमा पठाउने गर्छन् । नियमन गर्ने निकायले लाभांश वितरण गर्न स्वीकृत दिएपछि उक्त प्रस्ताव वार्षिक साधारणसभाबाट पारित गराउने गरिन्छ । त्यसरी पारित भएको लाभांश सम्बन्धित कम्पनीले आफ्ना लगानीकर्तालाई वितरण गर्ने गर्छन् । त्यसरी वितरण गरिएको लाभाशं मध्ये नगद लाभांश सम्वन्धित कम्पनीले लगानीकर्ताको खातामा छिटो पठाउने भएपनि बोनस लाभांश भने केही ढिलो पठाउने गरेका छन् । तर, केही कम्पनीको बोनस लाभांश प्राप्त गर्न साधारणसभा सकिएपछि पनि चारदेखि पाँच महिना नै कुर्नु पर्ने हुन्छ ।यस्तो ढिलाइले लगानीकर्तालाई समयमा नै उक्त बोनस शेयर बिक्री समस्या पर्ने गरेको छ ।

Source: Merolagani

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x