हकप्रद सेयरका लागि शिखर इन्स्योरेन्स र एक्सेल डेभलपमेण्ट बैंकद्वारा निवेदन

शिखर इन्स्योरेन्स कम्पनी र एक्सेल डेभलपमेण्ट बैंकले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । दवै कम्पनीले ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेका हुन् ।शिखर इन्स्योरेन्सले १० बराबर ३ को अनुपातमा ५२ करोड ७५ लाख ५७ हजार २०० रूपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता र एक्सेल डेभलपमेण्ट बैंकले १० बराबर ३ को अनुपातमा २४ करोड ३३ लाख ३६ हजार २६७.४२ बराबरको २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेका हुन । यसका लागि शिखरले जेठ २५ गते र एक्सेल डेभलपमेण्ट बैंकले जेठ २७ गते बोर्डमा निवेदन दिएका हुन । दुवै कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । Source: karobardaily

यो पनि पढ्नुहोस्:

चालु आर्थिक वर्षका पछिल्ला चार महिनामा व्यापार घाटा दोब्बरले बढेको छ । चालु आर्थिक वर्ष ०७७/७८ का सुरुवाती ६ महिनामा भएको व्यापार घाटाभन्दा माघदेखि वैशाख मसान्तसम्ममा व्यापारघाटा झण्डै दोब्बरले बढेको हो । आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको तथ्यांकअनुसार नेपालले ६ खर्ब ६१ अर्ब २४ करोड ५३ लाख ९४ हजारको मालवस्तु आयात गर्दा ६० अर्ब ७९ करोड ९२ लाख १४ हजार बराबरको मालवस्तु मात्रै निर्यात गरेको थियो । यसअनुसार उक्त अवधिमा नेपालले व्यहोरेको कुल व्यापार घाटा ६ खर्ब ४४ करोड ६१ लाख ८१ हजार भएको थियो । चालु आर्थिक वर्षको १० महिना नाघ्दा भने नेपालको व्यापार घाटा झण्डै दोब्बरले बढ्दै ११ खर्ब ४५ अर्ब ६३ करोड ४ लाख पुगेको छ । चालु आवको साउनदेखि वैशाख मसान्तसम्मको अवधिमा नेपालले विभिन्न देशबाट १२ खर्ब ५४ अर्ब ११ करोड १ लाख ७९ हजार बराबरका मालवस्तु आयात गरेको छ । सो अवधिमा १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजार बराबरको विभिन्न वस्तु मात्रै निर्यात गरेको भन्सार विभागले जानकारी दिएको हो । चालु आर्थिक वर्षका १० महिनामा भएको व्यापार घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ खर्बभन्दा बढीले बढेको छ ।

तरकारी आयातमा चार अर्बले वृद्धि : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा तरकारी मात्रै ३१ अर्ब ३५ करोड ८८ लाख ३६ हजारभन्दा बढी रकमको आयात भएको छ । सो अवधिमा नेपालबाट ५७ करोड १६ लाख बराबरको तरकारी निर्यात भएको छ । कोरोना भाइरसका कारण युवाहरू गाउँ फर्किने र कृषिजन्य आयातमा केही कमी आउने पूर्वानुमान विपरीत गत आर्थिक वर्षको सो अवधिको तुलनामा तरकारीको आयात करिब ४ अर्बभन्दा बढी भएको देखिन्छ । गत आर्थिक वर्षका १० महिनामा २६ अर्ब १९ करोड ६१ लाख ८९ हजार बराबरको तरकारी आयात भएको थियो । चालु वर्षको दश महिनामा गत वर्षभन्दा तरकारी निर्यातमा पनि दोब्बरभन्दा बढीले कमी आएको छ । त्यस अवधिमा नेपालबाट १ खर्ब १ अर्ब ४६ करोड तरकारी निर्यात भएको थियो ।  चालु वर्षका १० महिनामा नेपालले १ खर्ब ७२ अर्ब ७७ करोड ८८ लाख बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । यसबाहेक ठूलो मात्रामा खाद्यान्न, खाने तेल, औषधिजन्य उत्पादन, मल लगायतका वस्तु आयात भएको छ । यो अवधिमा नेपालले चिया, कफी, वनस्पति घ्यू तेल लगायतका मालवस्तु निर्यात गरेको छ । विभिन्न सांगीतिक उपकरणमा भने आयातभन्दा निर्यात बढी भएको तथ्यांकले देखाएको छ । अन्तरिक्षयान, वायुयान र पार्टपूर्जाको आयात र निर्यात पनि नेपालले गरेको देखिएको छ । यो अवधिमा नेपालले भन्सार राजस्वबाट ३ खर्ब ५२ अर्ब ८७ करोड १५ लाख ४४ हजार आम्दानी गरेको छ । भन्सार राजस्वबाट गरिएको आम्दानीमा पनि गत आर्थिक वर्षको समीक्षाको अवधिभन्दा झन्डै दोब्बरले वृद्धि भएको छ । गत आर्थिक वर्षको १० महिनामा भन्सार राजस्वबाट २ खर्ब ५६ करोड ५३ लाख १२ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

सरकारी नीति प्रभावहीन : सरकारले चालु आर्थिक वर्ष ०७७/७८ को बजेटमार्फत् व्यापार घाटा कम गर्न भन्दै उत्पादनमा गुणस्तर, आयातमा कडाई र स्वदेशी उत्पादन निर्यातमा प्रवर्द्धनको नीति लिएको थियो । बजेट दस्तावेजमा उल्लेख छ, ‘वैदेशिक व्यापारमा हाल देखिएको अवरोध चिर्दै विश्व बजारमा प्रतिस्पर्धी वस्तुको उत्पादन बढाइ निकासी प्रवर्द्धन गर्ने, विलासी र स्वास्थ्य तथा वातावरणीय हिसाबले हानिकारक वस्तुको आयात रोक्ने तथा उच्च मूल्ययुक्त स्वदेशी वस्तु निर्यातमा कर सहुलियत तथा अनुदानको व्यवस्था गरिनेछ । सोही अनुसार सहुलियत, अनुदान तथा आयातमा कर वृद्धिका कारण व्यापार घाटामा केही कमी आएको अर्थमन्त्रालयको दाबी छ । चालु आर्थिक वर्षमा स्वदेशी कृषि उपजको बजार सुनिश्चित गर्न विदेशबाट आयात हुने तरकारी र फलफूलमा लाग्ने कृषि सुधार शुल्कमा वृद्धि गरिएको छ । भारत तथा चीनलगायत मुलुकबाट नेपाल भित्रने सबैखाले हरियो तरकारी र फलफूलको शुल्क ४ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षसम्म ५ प्रतिशत मात्रै लाग्ने उक्त शुल्क अब ९ प्रतिशत पुर्‍याइएको छ । तेस्रो मुलुकबाट आयात हुने आलुमा लाग्ने त्यस्तो शुल्क पनि १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याइएको छ । सरकारले चिया कफी अर्गानिक तरकारी, पिउने पानी तथा जडिबुटीलाई निकासी प्रवर्द्धन र नेपाली हस्तकला प्रचार-प्रसार र बजारीकरण तथा निकासी गर्दा कर सहुलियत तथा अनुदान समेत पाउने व्यवस्था गरिएको छ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट दस्ताबेजमा पनि स्वदेशी उत्पादन र निकासीमा वृद्धि गर्ने विभिन्न कार्यक्रम अघि सारेको छ । जसमध्ये ‘मेड इन नेपाल र मेक इन नेपाल’ अभियान चलाउने उल्लेख गरेको छ । यसैगरी निर्यातजन्य उद्योगमा विदेशी लगानी आकर्षित गर्ने नीति सरकारले लिएको छ । सरकारले व्यापार घाटा कम गर्नकै लागि भन्दै गिट्टी बालुवा र ढुंगा निर्यात गर्ने घोषणा यतिबेला सर्वत्र चर्चाको विषय बनेको छ । लामो समयदेखि व्यापार घाटामा परेको नेपालले व्यापार नीतिमा सुधार ल्याउन नसक्दा व्यापार घाटा भने बढ्दो छ । स्वदेशी वस्तुको लागत महंगो पर्नु, अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्दा आयातको तुलनामा स्वदेशी वस्तुको निर्यात बढ्न नसकेको विज्ञहरू बताउँछन् ।

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x