एकै पटक २ वटा जीवन बिमा कम्पनी र एउटा हाइड्रोपावरले मागे आईपिओ निष्काशनको अनुमति

एकै पटक  २ वटा जीवन बिमा कम्पनी र एउटा हाइड्रोपावरले आइपिओ निष्काशनको लागी अनुमति माग गरेको छ ।  धितोपत्र बोर्डमा युनियन लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स र  अपार हेवा खोला हाइड्रोले आईपिओ निष्काशनका लागि  अनुमति माग गरेका हुन् । युनियन लाइफ र  सानिमा लाइफ इन्स्योरेन्स  जेठ ९ गते आईपिओ निष्काशनको अनुमति माग गरेका हुन् भने अपार हेवा खोला हाइड्रोले जेठ २ गते बोर्डमा आवेदन दिएको हो ।

 

dhitoptra boad

 

युनियन लाइफले ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको बिक्रि प्रबन्धक प्रभु क्यापिटल रहेको छ । त्यस्तै सानिमा लाइफले ६० करोड बराबरको ६० लाख कित्ता आईपिओ निष्काशन गर्न लागेको हो। कम्पनीको बिक्रि प्रबन्धक पनि प्रभु क्यापिटल रहेको छ । अपर हेवा खोलाले २० करोड बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । शेयर निष्काशनको लागि कम्पनीले एनएमबि क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । बोर्डबाट अनुमति पाएपछि यी कम्पनीले आईपिओ निष्काशन गर्ने छन् । Source: ajakoartha

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x