आज नेप्सेमा तीन जलविद्युत् कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

आज सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी र यूनियन हाइड्रोपावर लिमिटेड बढी कमाउने कम्पनीको शीर्ष तीनमा रहे। सीईडीबीको शेयर मूल्य ९.८८, खानीखोलाको ९.८२ र यूनियन हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९.८७ प्रतिशतले बढेको छ।  त्यसैगरी छ्याङ्दी हाइड्रोपावर लिमिटेड, लिबर्टी इनर्जी कम्पनी लिमिटेड र वरुण हाइड्रोपावर लिमिटेडका लगानीकर्ता बढी गुमाउनेमा परेका छन्। आज छ्याङ्दीको शेयर मूल्य ७.६६, लिबर्टीको ७.०२ र वरुणको शेयर मूल्य ६.९८ प्रतिशतले घटेको छ। मंगलबार नेप्से परिसूचक चाहिँ ३.७२ प्रतिशतले ओरालो लाग्यो। ३०६१ बिन्दुबाट शुरू भएको बजार उतारचढाव हुँदै ३०२२ मा पुगेर रोकिएको हो। आज २२६ कम्पनीको ३ करोड ९ लाख ४८ हजार कित्ता शेयर खरीदबिक्री हुँदा १६ अर्ब ५२ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलबार होटल तथा पर्यटन, लगानी, उत्पादन, म्युचुअल फन्ड र अन्य समूहको सूचक मात्रै उकालो लागेको छ।

Source: himalkhabar

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x