छोराको शव सुम्सुम्याउँदै आमाले ‘उठ बाबु उठ’ भन्दै थिइन्, बालक साँच्चै जीवित भए

काठमाडौं। कहिलेकाहीँ चमत्कार हुन्छ । आमाको ममतामा ठूलो शक्ति हुन्छ भनिन्छ, सम्भवतः यो घटना त्यस्तै हो । घटना २० दिनअघिको हो । भारतको दिल्लीको एक अस्पतालमा उपचारका लागि ल्याइएका ६ वर्षका एक बालकलाई डाक्टरहरुले मृत घोषित गरेका थिए । त्यसपछि बालकको शवलाई उनीहरुको गाउँ हरयाणाको बहादुरगढ लगिएको थियो ।

भारतीय अखबार दैनिक भास्करका अनुसार बालकको अन्तिम संस्कारको तयारी भइरहेको थियो । आमाले आफ्नो छोराको टाउकोमा चुम्दै ‘उठ बाबु उठ’ भनिरहेकी थियन् । त्यही बेला बालकको शरीरमा हलचल भयो । बालकको फेरि उपचार सुरु गरियो र मंगलबार ती बालक रोहतकको अस्पतालबाट हाँस्दै खेल्दै आफ्नो घर गए ।

बहादुरगढका हितेश र जाह्नवीका अनुसार उनीहरुका छोरालाई टाइफाइड भएको थियो । उनलाई उपचारको लागि दिल्ली लगिएको थियो । २६ मेका दिन डाक्टरहरुले उनलाई मृत घोषित गरिदिए । उनीहरु छोराको शव लिएर बहादुरगढ फर्किए ।

बालकका हजुरबुवा विजय शर्माका अनुसार उनीहरुले शव रातभरी राख्नको लागि बरफ र बिहान गाड्नको लागि नुनको व्यवस्था गरिसकेका थिए । गाउँलेहरुलाई बिहान श्मसान आउन भनिएको थियो ।

बालककी आमा जाह्नवी र ठूलीआमा अन्नुले रुँदै बालकलाई हल्लाउँदै उठ्न भनिरहेका थिए । केही समयपछि प्याक गरिएको शवमा हलचल देखियो । त्यसपछि पिता हितेशले बालकको अनुहार कपडाको प्याकिङबाट बाहिर निकाले अनि मुखबाट सास दिन थाले ।

छिमेकी सुनिलले बालकको छातीमा हल्का दबाब दिन थाले । यस्तो गरेको उनीहरुले फिल्ममा देखेका थिए । यही बीचमा बालकले पिताको ओठमा दाँत गाडे । त्यसपछि २६ मेको रातमै बालकलाई रोहतकको एक निजी अस्पताल लगियो ।

डाक्टरहरुले बालकको बाँच्ने सम्भावना १५ प्रतिशत मात्रै भएको बताएका थिए । उपचार सुरु भयो । बालकको स्वास्थ्स्थमा तीब्र रुपमा सुधार भयो र उनी पूरै ठिक भएर मंगलबार घर पुगे ।

अहिले बालकका पिता हितेश आफ्नो ओठमा छोराले दिएको घाउ देखाएर खुसी मनाइरहेका छन् । हजुरबुवा विजय यसलाई चमत्कार बताइरहेका छन् । आमाले भगवानले उनका छोरामा फेरि सास राखिदिएको मान्छिन् । यसबाट परिवार मात्रै होइन गाउँ नै खुसी छ ।

source:dcnepal

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x