माधवकुमार नेपाललाई एमालेको ‘को–पाइलट’को अफर

काठमाडौं । आन्तरिक विवादमा फसिरहेको सत्तारुढ नेकपाले सहमति र एकताका लागि विभिन्न उपाय खोजिरहेको छ । शीर्षनेताहरुको जुंगाको लडाइँलाई मथ्थर पारेर पार्टी एकताको रक्षाका लागि संस्थापन केपी शर्मा ओली समूह र माधवकुमार नेपाल समूहका युवा नेताहरुले सक्रिय रहँदै आएका छन् । महिनौँबाट बढेको विवाल समाधानभन्दा पार्टी विभाजन उन्मुख बन्दै गएपछि युवा नेताहरु सक्रिय बनेका छन् । उनीहरु पटक पटक छलफलमा जुटेका छन् । दुवै समूहका नेताहरुले आ–आफ्नो समूहका नेताहरुलाई पनि पार्टी एकताका लागि दबाब र उपाय सुझाइरहेका छन् । यसैक्रममा माधवकुमार नेपाललाई एमालेको ‘को–पाइलट’ अर्थात दोस्रो वरियताको अध्यक्ष बनेर सहमतिमा जान अफर गरिएको चर्चा अहिले एमालेभित्र चल्न थालेको छ ।

तत्काललाई दोस्रो वरियताको अध्यक्ष स्वीकारेर पछि पार्टीभित्र संघर्ष गर्नु राम्रो हुने सुझाव दिइएको बताइएको छ । यसलाई माधवकुमार नेपालले अस्वीकार गरेका छन् । दोस्रो वरियता बनाउने नवौँ महाधिवेशनले पारित गरेको विधानले व्यवस्था गरेको छैन । महाधिवेशनले मात्रै अध्यक्ष निर्वाचित गर्ने पार्टीको विधानले गरेको छ ।  साथै साविक नेकपामा दोस्रो वरियताको अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्डको हविगत स्मरण गराउँदै नेता नेपालले को–पाइलटको अफर अस्वीकार गरेका हुन् । दोस्रो अध्यक्ष स्वीकारेर जाँदा आफूहरुले उठाएको विधि, विधान र प्रक्रियाका विषयमा प्रश्न उठ्ने भन्दै नेता नेपाललाई उनकै समूहका एक नेताले बताएपछि पनि उनी को–पाइलट बन्ने प्रस्तावलाई अस्वीकार गरेका बताइएको छ । Source: canadanepal

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x