अनमोलको फिल्ममा यसकारण खेल्दैछन बलिउडका कलाकार सुनिल सेट्टी

कयौं कलाकार बलिउडमा स्थापित हुन संघर्षरत छन् ।  थुप्रै नेपाली कलाकार बलिउडमा अवसर खोज्न जाने गरेका छन्  । निर्देशक मुकुन्द भट्टले भने बलिउड अभिनेता सुनिल सेट्टीलाई नेपाली फिल्ममा यसकारण अफर गरेका छन् । भट्टले केही समयअघि चलचित्र ‘एक्स ९’ निर्माणको घोषणा गरेका थिए । आफैँले निर्देशन गर्न लागेको यही चलचित्रका लागि सेट्टीलाई अफर गरेका हुन् । यस चलचित्रमा सेट्टीलाई खलनायकको भूमिका निर्वाहका लागि अफर गरेको निर्देशक भट्टले बताएका छन् । चलचित्रलाई लिएर सेट्टीसँग कुराकानी समेत भइसकेको उनले जनाएका छन्। भट्टका अनुसार सुनिल सेट्टी सकारात्मक रहेका छन् । चलचित्रको शीर्ष भूमिकाका लागि अभिनेता अनमोल केसीसँग कुरा भइरहेको पनि भट्टले बताए । चलचित्रमा सौगात मल्ल, पुष्प खड्का, अनुप विक्रम शाही लगायतका कलाकार पनि शीर्ष भूमिकामा रहेर अभिनय गर्ने छन् । चलचित्रमा अभिनय गर्ने अभिनेत्रीको भने कुनै टुङ्गो लागेको छैन्। समय सोचेजस्तो भएको खण्डमा तिहारपछि चलचित्र छायांकन थाल्ने जानकारी दिए । यसअघि पनि भट्टले फिल्म ‘लप्पन छप्पन’ र ‘लप्पन छप्पन २’ निर्देशन गरिसकेका छन् ।
यो पनि पढ्नुहोस्
निषेधाज्ञाको मारमा टेलिसिरियल
पछिल्लो समय लोकप्रिय भएको टेलिसिरियल हो, ‘जुठे’ । निषेधाज्ञाका कारण सबै सो तथा सिरियलहरू बन्द हुँदा पनि प्रसारण नरोकेको सिरियलले दर्शक पनि राम्रै पाएको थियो । अब भने जुठे पनि प्रसारण रोकिएको छ । निषेधाज्ञाका कारण छायाङ्कनमा समस्या भएकाले सिरियलको प्रसारण रोक्नु परेको निर्माण टिमले जनाएको छ । निषेधाज्ञा अघि छायांकन गरेर राखेको सिरियल देखाउँदै आएको र अब स्टक सकिएको सिरियलका निर्देशक मरिचमान श्रेष्ठले बताएका छन् । उनले भने, ‘हामीले गाउँमा गएर जुठेको छायाङ्कन गर्दै आएका थियौं । अहिले छायाङ्कनको माहोल छैन । छायाङ्कन असम्भव भएका कारण आगामी साता प्रशारण रोक्ने निर्णयमा पुगेका छौं ।’ सिरियलका शीर्ष कलाकार समेत रहेका श्रेष्ठले निषेधाज्ञा खुकुलो भएसँगै जुठेका नयाँ भाग प्रसारण गर्ने बताएका छन् । दलित  समुदायको मुद्दामा केन्द्रित यो सिरियललाई लिएर दलित समुदायका केही अभियन्ताहरुले गुनासो समेत गरिरहेका छन् । अब आउँने नयाँ भागमा अभियन्ताहरूका ती गुनासोलाई सम्बोधन गर्ने पनि श्रेष्ठले बताएका छन् । मरिचमान र राजु पौडेलको लेखन तथा निर्देशन गरेको जुठे मा राजु र मरिचमानका साथमा रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् ।

निषेधाज्ञाका कारण लामो समयदेखि प्रसारण हुँदै आएका अन्य सिरियलहरु पनि बन्द भएका भएका छन् । केही सिरियलहरू पुराना भाग प्रसारण भइरहेका छन् । पछिल्लो समय प्रसारण सुरु गरेको, हाम्री झ्याउँकिरी लामो समयदेखि प्रसारण भइरहेको मेरी बास्सै, हर्के हवल्दार, गोलमाल, हल्का रमाइलो, सक्किा गो नी लगायतका सिरियलको प्रसारण बन्द भएको छ । कोरोना कारण सरकारले छायाङ्कनमा रोक लगाएका यी सिरियल पुनः कहिलेबाट प्रसारण सुरु हुन्छन् यसै भन्न सक्ने अवस्था छैन ।

source:farakdhar

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x