कति कित्ता आउँदै ? मनकामना स्मार्ट लघुवित्तले पायो आईपीओ निष्काशनको अनुमति

मनकामना  स्मार्ट लघुवित्तले पायो आईपीओ निष्काशनको अनुमति, कति कित्ता आउँदै ?लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशनका लागि अनुमति पाएको छ । कम्पनीलाई धितोपत्र बोर्डले ३ करोड ८९ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनका लागि अनुमित दिएको हो । बोर्डले असार ६ गते कम्पनीलाई ३ लाख ८९ हजार कित्ता आईपीओ निष्काशनका लागि अनुमति दिएको हो । कम्पनीको बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

यो पनि पढ्नुहोस्
उपप्रम पौडेलको चासोपछि सेयर बजारमा उछाल, लगानीकर्तामा बढ्यो मनोबल
उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सेयर बजारको विषयमा प्रत्यक्ष चासो देखाएपछि दोहोरो अंकको उछाल देखिएको छ । एक साता अघि धितोपत्र बोर्डले ५१ वटा कम्पनीको कारोबारमा इन्साईडर ट्रेडिङ, कर्नरिङ गरेर अस्वभाविक मूल्य बढाएको भन्दै सूचना निकालेपछि बजारमा निरन्तर गिरावट आएको थियो । बजारमा लगातार गिरावट आएर लगानीकर्ताको खर्बौ सम्पती गुमेपछि मन्त्री पौडेलले बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई सोमबार मन्त्रालयमा बोलाएर त्यस विषयमा जानकारी लिनु भएको थियो । यसअघि लगानीकर्ताहरुले घाटा खाएर नै सेयर बिक्री गरेका थिए । अर्थ मन्त्रालयले नै चासो दिएपछि लगानीकर्ताहरुको मनोबल बढेको देखिएको छ । उपप्रम पौडेलले ५१ कम्पनीको बारेमा चासो देखाएपछि मंगलबार बजार उछाल देखिएको छ । मंगलबार बजार मापन गर्ने सूचक ७९.४३ अंकले बढेर परिसूचक २९१३.८४ बिन्दुमा रोकिएको छ । यो दिन २२५ कम्पनीको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता सेयर १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १६.१९ अंकले बढेर ५३६.३४ बिन्दुमा रोकिएको छ । कारोबारमा सबै समूहको उपसूचकमा उल्लेख्य सुधार देखिएको छ । मंगलबार कारोबार रकमको आधारमा पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको १ अर्ब ४९ करोड ३२ लाख ५३ हजार ७१२ रुपैयाँको सेयर किनबेच भएको छ ।


source:arthatantra

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x