शेयरबजारमा १४९ कम्पनीको शेयरमुल्यमा गिरावट, कारोबार रकम कति ?

आज साताको अन्तिम दिन (बिहीबार) कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक १७.६९ अंकले घटेर २८४२.२८ विन्दुमा पुगेको छ ।  कारोबारको  दोस्रो घण्टामा ०.६२ प्रतिशतले घटेको हो ।  दोस्रो घण्टाको अवधिमा २१३ ओटा कम्पनीको ३० हजार ९०६ पटकको कारोबारमा ५४ लाख ६२ हजार ३८२ कित्ता शेयरको रू.२ अर्ब ७९ करोड ८२ लाख बराबरको कारोबार भएको छ ।यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू १८ करोड ५८ लाख बराबरको शेयर कारोबार भएको छ । आज  २१३ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २३ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १४९ शेयरमूल्य घटेको छ । १० कम्पनीको मूल्य स्थीर रहेको छ ।

Source: ajakoartha

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x