एनआईसी एसिया बैंकको टिकटक भिडियो च्यालेन्ज प्रतियोगिता (बिजेतालाई आकर्षक उपहार)

काठमाडौँ — एनआईसी एसिया बैंकले ‘टिकटक भिडियो च्यालेन्ज’ प्रतियोगिता ल्याएको छ । यो प्रतियोगिता असार ६ देखि साउन ५ सम्म सञ्चालन भइरहेको बैंकले जनाएको छ ।प्रतियोगितामा सहभागी हुन बैंकको आधिकारिक टिकटक पेजमा डिजिटल बैंकिङ प्रवर्द्धनार्थ तयार पारेको ‘मो बैंक गरौं’ अवधारणाका ६ वटा फरक–फरक जिंगलहरु प्रयोग गर्नुपर्नेछ । प्रतियोगीले प्रतिभिडियो १५ हजार रुपैयाँ बराबरको आकर्षक उपहार जित्न सक्छन् ।

यो पनि पढ्नुहोस् : बिर्तामोड — वडाको अधिकांश भाग नदीले घेरिएको छ । वर्षको ५ महिना आवतजावतमा कठिनाइ भोग्नुपर्छ । सवारी साधन पाइँदैन । गौरीगन्ज गाउँपालिका–१ महाभाराका स्थानीयको दैनिकी कष्टकर छ ।पूर्वाधार विकास पर्याप्त हुन नसकेको गौरीगन्ज–१ मा शिक्षा र स्वास्थ्यको अवस्था पनि कमजोर नै छ । नदी तर्न नसकेकै कारण धेरै बालबालिका स्कुल जानबाट वञ्चित छन् । जाँदै गरेका पनि बीचमै पढाइ छाड्न बाध्य हुन्छन् ।

आदिवासी समुदायको बाहुल्य रहेको यहाँ विविध समस्या देखाउँदै छोरीलाई स्कुल पठाउने चलन छैन । पठाइहाले पनि नजिकैको प्राथमिक या आधारभूत विद्यालयसम्म मात्र । टाढाको विद्यालयमा पढ्न नपठाउँदा वडाका छोरीहरूले माध्यमिक तहसम्मको शिक्षा पाउन नसकिरहेको अवस्था छ । वडाको उक्त समस्यालाई सम्बोधन गर्न गौरीगन्ज–१ नम्बर वडा कार्यालयले छोरी–बुहारीलाई निःशुल्क साइकल वितरण कार्यक्रम अघि बढाएको छ । वडाले गत वर्षदेखि साइकल वितरण सुरु गरेको हो । गत वर्ष कक्षा ११ मा अध्ययनरत वडाभित्रका सबै ३५ जना छात्रालाई साइकल वितरण गरिएको थियो । उक्त कार्यक्रमको प्रभावले यस वर्ष वडाका ४७ जना छात्राले कक्षा ११ अध्ययन गरिरहेका छन् । वडा कार्यालयले यस वर्ष पनि ४७ जना सबैलाई शुक्रबार साइकल वितरण गरेको वडाध्यक्ष कार्तिकलाल राजवंशीले जानकारी दिए । साइकल वितरण गर्न थालेपछि छोरी–बुहारीलाई क्याम्पस पढ्न पठाउनेको संख्या बढेको देखिन्छ वडाध्यक्ष राजवंशीले भने, ‘साइकल पाएपछि छात्राहरूलाई पनि समयमै क्याम्पस पुग्न र घर फर्किन सहज भएको छ । वडास्तरीय कार्यक्रमअन्तर्गत यस वर्ष ६० लाख रुपैयाँको साइकल वितरण गरेको उनले बताए । वडाले सामुदायिक विद्यालय अध्ययनरत छात्रालाई मात्र साइकल वितरण गरेको वडासचिव भोजराज अधिकारीले बताए । साइकलले छात्रालाई विद्यालय जान सहज हुनुका साथै बाटोमा सुरक्षाका हिसाबले पनि प्रभावकारी देखिएको अधिकारीले बताए । साइकलले विद्यालय जान/आउन सहज बनाउने विद्यार्थी सुमित्रा हस्दाले बताइन् । एउटा साइकल नहुँदा मेरो पढाइ झन्डै रोकियो उनले भनिन् वडा कार्यालयले साइकल दिन्छ भन्ने थाहा पाएपछि परिवारले मलाई पढ्न पठाएको हो उनले भनिन् । साइकल वितरणले सामुदायिक विद्यालयमा विद्यार्थी कम हुने समस्यालाई पनि समाधान गर्ने बालकल्याण माविका प्रधानाध्यापक भीम कोइरालाले बताए । उनले गौरीगन्ज–१ ले जस्तै अन्य वडाले पनि छात्रालाई साइकल वितरण गरे विद्यालय आउने बालबालिका तथा छात्राको संख्यामा वृद्धि हुने विश्वास व्यक्त गरे ।
Source: ekantipur

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x