तेह्रथुम पावरलाई बोर्डले दियो ४० करोडको आईपीओ निष्काशनका लागि अनुमति

तेह्रथुम पावर कम्पनीले आईपीओ निष्काशनका लागि अनुमति पाएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ निष्काशनका लागि अनुमति दिएको हो । कम्पनीलाई ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता आईपीओ निष्काशनका लागि असार १० गते बोर्डले अनुमति दिएको जनाएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

यो पनि पढ्नुहोस् :

नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय गौरवको अपर तामाकोशी जलविद्युत आयोजनालाई राष्ट्रिय प्रशारण लाइनमा जोड्ने क्रममा अन्यत्र विद्युत कटौती हुने जानकारी गराएको छ । प्राधिकरणले आज प्रकाशित गरेको सूचनामा भोलिदेखि आगामी शनिबारसम्म धनुषाको ढल्केबरदेखि बाँकेको कोहलपुरसम्मका सबस्टेशनहरुमा केही समय विद्युत आपूर्ति बन्द हुने बताइएको छ । सूचनाअनुसार अपर तामाकोशीको विद्युत जोड्ने क्रममा केही दिन खिम्तीदेखि लामोसाँघुसम्मको १ सय ३२ केभी प्रशारण लाइन बन्द रहनेछ । जसका कारण राष्ट्रिय प्रशारण प्रणालीमा विद्युत अपुग हुने भएकाले ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनबाट वितरण हुने विद्युत प्रणालीमा छोटो समयको लागि विद्युत कटौती हुने भएको हो । विशेषगरी उक्त क्षेत्रका औद्योगिक ग्राहकहरुलाई छोटो समयको लागि विद्युत कटौती हुने भएकाले राष्ट्रिय प्रशारणमा जोड्ने कार्य तोकिएको समयअगावै सम्पन्न भएमा विद्युत प्रशारण सोहीबमोजिम सुचारु हुनसक्ने बताइएको छ । प्राधिकरणले विद्युत कटौतीको समय कम गर्न कुलेखानी जलाशयको पानी प्रयोग गरेर थप विद्युत उत्पादन गर्ने जानकारीसमेत दिइएको छ ।

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x