उपत्यकामा अब हुने निषेधाज्ञा यस्तो हुँदै (आज निर्णय हुने)

काठमाडौँ । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने तयारी गरिएको छ । निषेधाज्ञा थप एकसाता लम्ब्याउँदै थप खुकुलो बनाउने तयारी गरिएको हो । पछिल्लोपटक थप गरिएको निषेधाज्ञा आज राती १२ बजे सकिँदैछ । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच छलफलका भएको थियो । सो क्रममा निषेधाज्ञाको मोडालिटीलाई थप खुकुलो बनाउने गरी परिमार्जन गर्नेबारे कुराकानी भएपनि औपचारिक निर्णय भने भएन । आज तीनै जिल्लाका प्रजिअहरुको बैठक बसेर अर्को आदेश जारी गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । स्वास्थ्य मन्त्रालय कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँग समन्वय गरेर निषेधाज्ञा थप गरिन्छ प्रजिअ पराजुलीले भने पछिल्लो समय खुलाउन माग गरिएको केही क्षेत्र पनि खुकुलो गर्ने कि भन्ने छ । यस विषयमा हामी आजै निर्णय गर्नेछौँ ।

गृहमन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सीसीएमसीसँग समन्वय निषेधाज्ञाको मोडालिटी संशोधन गर्ने तयारी भइरहेको प्रजिअ पराजुलीले बताए । त्यसका लागि संयुक्त बैठक बस्दैछ, पराजुलीले भने अबको रणनीति निषेधाज्ञालाई थप खुकुलो पारेर लैजाने नै हुनेछ । तर कुन क्षेत्रलाई कसरी खुकुलो पार्ने भन्ने बारेमा छलफलमै रहेको उनले बताए । आइतबार निषेधाज्ञाको मोडालिटीलाई परिमार्जन गर्ने भन्ने विषयमा छलफल भयो सार्वजनिक सवारीलाई पनि जोरबिजोरमा सञ्चालन गर्ने भन्ने विषय पनि उठेका छन् तर टुंगो लागेको छैन काठमाडौंका प्रजिअ पराजुलीले भने । अहिले निजी सवारी साधनहरू गत सातादेखि नै जोर-बिजोर प्रणालीअनुसार सञ्चालन भइरहेका छन् भने कपडालगायत पसल पनि बारअनुसार खोल्न दिइएको छ । Source: MakaluKhabar

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x