युनियन लाइफ र तेह्रथुम पावरलाई आईपीओ निष्कासनको अनुमति

१४ असार, काठमाडौं । युनियन लाईफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । यस कम्पनीलाई ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न बोर्डले अनुमति प्रदान गरेको हो । कम्पनीले ७० प्रतिशत संस्थापक समूहलाई र ३० प्रतिशत सर्वसाधारण समूहलाई छुट्याएको थियो । सर्वसाधारण समूहलाई छुट्याएको आईपीओ जारी गर्नेछ ।

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप दुई कम्पनीलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) अनुमति दिएको छ । बोर्डले एक जीवन बिमा कम्पनी र एक हाइड्रोपावर कम्पनीलाई आईपीओ जारी गर्न अनुमति दिएको हो । बोर्डले यही असार १० गते तेह्रथुम पावर कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सेयर बिक्री गर्न अनुमति दिएको छ । त्यस्तै असार १३ गते युनियन लाइफ इ्न्स्योरेन्सलाई पनि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण सेयर बिक्री गर्न बोर्ड अनुमति दिएको हो ।

युनियन लाइफले  जारी पुँजी २ अर्ब २० करोडको ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न लागेको छ । कम्पनीले बोर्डबाट स्वीकृत भएको सार्वजनिक निष्कासन मध्ये  म्युचुअल फन्ड र संस्थाका कर्मचारीलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ । यस्तै तेह्रथुम पावर कम्पनीले जारी पुँजी ४० करोडको ३० प्रतिशत रकम बराबरको सेयर सार्वजनिक निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई सेयर जारी गरेर सर्वसाधारणमा बिक्री गर्नेछ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x