युनियन लाइफले ६४ लाख ५० हजार कित्ता आईपीओ जारी गर्दै

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले असार २४ गते सर्वसाधारणका लागि आईपीओ  जारी गर्ने भएको छ । कम्पनीको जारी पुँजी २ अर्ब १५ करोडको ३० प्रतिशत अर्थात ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता सेयर जारी गर्ने भएको हो । जसमध्ये ३ लाख २२ हजार ५०० कित्ता अर्थात ५ प्रतिशत सेयर कर्मचारी र त्यति नै बराबरको सेयर सामूहिक लगानी कोष र बाँकी ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि जारी गर्ने कम्पनीले जनाएको छ ।यस कम्पनीलाई क्रेडिट रेडिङ कम्पनी इक्रा नेपालले ट्रिपल बी रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता औषत रहेको जनाउँछ।

यो पनि पढ्नुहोस् : पछिल्लो एक वर्षदेखि मुलुक कोराना संक्रमणबाट गुज्रिरहेको छ । कोरोना संक्रमणले एकातिर उद्योग व्यवसाय, स्वास्थ्य क्षेत्रमा अप्ठारो पारेको छ भने डिजिटल साक्षरता र कारोबारमा भने यसले सहयोग गरेको देखिन्छ । कोरोना संक्रमण कै एक वर्षको अवधिमा मुलुकमा ब्रोडव्यान्ड इन्टरनेटमा जोडिने संख्यामा पनि ह्वात्तै बढेको छ । पछिल्लो सरकारी तथ्यांकलाई हेर्ने हो भने एक वर्षमा ब्रोडव्यान्ड इन्टरनेटमा जोडिने व्यक्तिको संख्या झन्डै ५० पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चैत महिनाको एमआईएस रिपोर्टअनुसार मुलुकमा ब्रोडव्यान्ड इन्टरनेटको पहुँचमा हुने जनसंख्या ८८.९३ पुगेको छ । अर्थात यो संख्या भनेको २ करोड ६८ लाख ८२ हजार ७ सय २१ हो । गत वर्ष चैत महिना कै तथ्यांक हेर्ने हो भने ब्रोडव्यान्ड इन्टरनेटमा जोडिने जनसंख्या २ करोड १९ लाख १४ हजार ६८ अर्थात ७३.३५ प्रतिशत थियो । वर्षदिनमा ब्रोडव्यान्ड इन्टरनेटमा जोडिने संख्यालाई तुलना गर्दा एक वर्षको अवधिमा ४९ हजार ६८ लाख ६ सय ५३ थपिएका छन् । अर्थात एक वर्षमा १५.५८ प्रतिशतले ब्रोडव्यान्ड इन्टरनेटका उपभोक्ता वृद्धि भएका छन् । एक वर्षको अवधिमा मोबाइल ब्रोडव्यान्डमा धेरै प्रगति भएको छ भने त्यसपछि फिक्स्ड ब्रोडव्यान्ड (वायर)मा रहेको छ । वायरलेस फिक्सड ब्रोडव्यान्डमा भने खासै प्रगति भएको देखिदैन ।

एक वर्षको अवधिमा मोबाइल ब्रोडव्यान्ड १० प्रतिशतले वृद्धि भएको छ । गत वर्षको चैतमा मोबाइल ब्रोडव्यान्ड ५५.२९ रहेकोमा अहिले ६५.३९ प्रतिशत पुगेको छ । पछिल्लो समय विस्तार भएको फोरजीका कारण मोबाइल ब्रोडव्यान्ड इन्टरनेटको विस्तार धेरै भएको हो । जस्तो कि गत वर्षको चैतसम्म फोरजी चलाउनेको संख्या ४८ लाख २१ हजार ३ सय ४२ थियो भने अहिले ३० लाख ५० हजार २ सय १३ ले वृद्धि भएर ७८ लाख ७१ हजार ५ सय ५५ पुगेको छ । थ्रिजी चलाउनेको संख्या १ करोड १७ लाख ६० हजार पुगेको छ । यो गत वर्षभन्दा झन्डै  २ लाखले मात्र बढी हो । गत वर्ष थ्रिजी चलाउनेको संख्या १ करोड १५ लाख ६२ हजार रहेको थियो । त्यस्तै, एक वर्षमा फिक्स ब्रोडव्यान्डमा ५.४५ प्रतिशतले वृद्धि भएर २२.७८ प्रतिशत पुगेको छ । गत वर्षको चैतमा यस्तो इन्टरनेट १७.३३ प्रतिशत रहेको थियो । वायरलेस फिक्स्ड ब्रोडव्यान्ड भने गतवर्ष ०.७३ रहेको अहिले ०.७६ मा पुगेको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x