“सामाजिक सुरक्षामा जाँदा सुविधा घटाउन पाइन्न”- (कर्मचारी)

काठमाडौँ — सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा आफूहरूले खाइपाइ आएको सुविधा घट्छ भन्ने बैंकिङ क्षेत्रका कर्मचारीको दाबीलाई नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले खण्डन गर्दै बैंक व्यवस्थापनले कर्मचारीमा भ्रम छरिदिएको बताएको छ । खाइपाइ आएको सुविधा घटाउन नपाउने गरी कानुनी व्यवस्था गरेर मात्र कोष कार्यान्वयनमा आएको जिफन्टको भनाइ छ । सनराइज र ग्लोबल आईएमई बैंकमा काम गर्ने कर्मचारीको मृत्यु भएपछि नियमानुसार क्षतिपूर्ति दिन कोषले पत्र पठाएपछि त्यसविरुद्ध बैंकहरू एकजुट भई कर्मचारीहरूलाई कोषविरुद्ध गलत सूचना दिइएको जिफन्टको दाबी छ । अहिले आन्दोलन गर्नुपर्ने कारण नै थिएन । जब रोजगारदाताले बेइमान गर्‍यो हामीले कारबाही गर्न दबाब दियौं जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले भने कोषमा जाँदा खाइपाई आएको सुविधा घट्छ भनेर व्यवस्थापनले कर्मचारीलाई भ्रममा पर्ने काम गरे । त्यही भुलभुलैयामा कर्मचारी परे ।

बैंकिङ क्षेत्रमा आबद्ध केही युनियन १५ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका छन् । यसअघि कोषले पनि खाइपाइ आएको सुविधा कटौती गर्न नपाइने जनाएको थियो । श्रम ऐनको दफा ५२ र ५३ ले प्रदान गरेको सञ्चय कोष र उपदानलाई कोषमै जम्मा गर्नुपर्ने व्यवस्था छ । श्रम ऐनको दफा १७८ को उपदफा ३ र दफा ३४ को उपदफा ३ ले खाइपाई आएको घटाउन मिल्दैन उनले भने । श्रम ऐनमा व्यवस्था गरेभन्दा बढी उपदान दिइराखेका संस्थाले थप उपदान श्रमिकले नै पाउने गरी आवश्यक व्यवस्था गर्नुपर्ने गरी श्रम नियमावली २०७५ को नियम २३ को उपनियम ४ ले समेत स्पष्ट गरेको जिफन्टले बताएको छ ।

Source: ekantipur

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x