भावविह्वल सुजाताकी आमा भन्छिन – छोरीले फोन गरेर बचाउन भनेकी थिई बचाउन सकेनौं

चितवन, २१ असार । जिल्लाको राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव फेला परेको छ । सुजिताको हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै परिवार, आफन्त र स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गमा प्रदर्शन गरेका छन् । राप्ती नगरपालिका ३ झुरझुरेस्थित घरबाटै ११ देखि सम्पर्कविहीन भएकी २२ वर्षीया सुजिता भण्डारीको शव आइतबार घरबाट चार किलोमिटर पर ब्रह्मस्थानी सामुदायिक वनको झाडीभित्र फेला परेको थियो ।

मृतककी आमा अम्बिका भण्डारीले आफ्नो छोरीको हत्यारा पत्ता लगाइदिन माग गरेकी छिन् । ‘हामी रोपाईंमा गएका थियौं । घरबाट छोरी अपहरणमा परेपछि मात्रै थाहा भयो । उसले फोन गरेर बचाउन भनेकी थिइ, छोरी बचाउन सकेनौं,’ भावविह्वल अम्बिकाले भनिन्, ‘हत्याराले सजाय नपाएसम्म मेरी छोरीको आत्माले शान्ति पाउँदैन ।’ गत ११ गते विहान ६ बजे साथिको घर जाने भनेर हिडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन । उनले सोही दिन १२ बजे आफ्नी दिदीलाई फोन गरेर अपहरणमा पारेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् । एक सातादेखि केन्द्रिय अनुसन्धान व्युरोको टोलीले घटनाको अनुसन्धान गरिरहेको थियो । स्रोत :नारायणीअनलाइन

justice for Sujita Bhandari

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x