सेयर बजार घट्ने क्रम मंगलबार पनि रोकिएन, कारोबार पनि घट्यो

काठमाडौं । सेयर बजार घट्ने क्रम मंगलबार पनि रोकिएन । अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि गिरावट आएको छ । यस दिन सेयर बजार परिसूचक नेप्से ५.२४ अंकले घटेर २८ सय १८.१० विन्दुमा आइपुगेको छ । कारोबार भएका अधिकांश समूहमा गिरावटसँगै नेप्से झरेको हो । निर्जीवन बिमामा सबैभन्दा उच्च १६६ अंकको वृद्धि आयो । यस्तै, वाणिज्य बैंक, उत्पादनमूलक, जीवन बिमा र लघुवित्त समूहमा सामान्य वृद्धि आए पनि अरु समूहमा गिरावट आएसँगै नेप्से झरेको हो । यसदिन २२० कम्पनीको एक करोड एक लाख कित्ता सेयर ४ अर्ब २२ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यस दिन ५८ कम्पनीका सेयरधनीले कमाए, १०६ कम्पनीका सेयरधनीले गुमाए भने १९ कम्पनीको सेयर मूल्य यथावत् रह्यो ।

Source: baahrakhari

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x