मनकामना स्मार्ट लघुवित्त आइपीओ बाँडफाँटको मिति तोकियो

मनकामना स्मार्ट लघुवित्तको आइपीओको प्रि अलटमेन्ट शुक्रबार सकिएको छ। प्रि अलटमेन्ट सकेर धितोपत्र बोर्डमा बुझाइसकेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ। प्रि अलटमेन्ट सकिएसँगै आगामी सोमबारभित्र लघुवित्तको आइपीओ बाँडफाँट गर्ने तयारी गरेको क्यापिटलले जनाएको छ। “प्रि अलटमेन्स आज सकिएको छ,” क्यापिटलका प्रतिनिधिले मेरो लगानीसँग भने “आगामी सोमबारसम्ममा आइपीओ बाँडफाँट गरिसक्ने तयारी छ।”भ्याएसम्म आगामी आइतबार नै आइपीओ बाँडफाँड गर्ने तयारी गरिएको र नभ्याए साेमबार बाँडफाँड गरिने उनले बताए। कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा ७३ गुणा अर्थात २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। यो लघुवित्तले सर्वसाधारणको लागि छुट्टाएको ३ लाख ६३ हजार ४९२ कित्ताको ७३.१० गुणा बढी हो ।

लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार बाँडफाँट हुनेछ । निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ता बाँडफाँट गर्दा भाग्यमानी ३६ हजार ३४९ जनाले मात्रै लघुवित्तको शेयर पाउने छन् । त्यस अनुसार ९८.१० प्रतिशत भन्दा धेरैले शेयर नपाउने देखिएका छन् । लघुवित्तले असार १७ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । यसमध्ये लघुवित्तले ६ हजार ५८ कित्ता अर्थात जारी पूँजीको ०.५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x