मैत्रीपूर्ण फुटबलमा एन्फा–११ विजयी

सुर्खेत — कर्णाली प्रदेश सरकार स्थापना दिवसको अवसर पारी वीरेन्द्रनगरमा आयोजना गरिएको एन्फा र प्रदेश सरकारबीचको मैत्रीपूर्ण फुटबलमा एन्फा–११ विजयी भएको छ । एन्फाले कर्णाली सरकारलाई ३–१ गोल अन्तरले हराएको हो ।प्रतियोगितामा कर्णाली सरकारविरुद्ध एन्फाले पेनाल्टी सुटआउटमा जित निकालेको हो ।

निर्धारित समयमा दुबैतर्फबाट एकएक गोलको बराबरी भएपछि खेल ट्राइब्रेक्ररमा धकेलिएको आयोजक सामाजिक विकास मन्त्रालयले जनाएको छ । ट्राइब्रेकरमा एन्फाले ३ गोल गर्दै नतिजा आफ्नो पोल्टामा पार्दा कर्णाली सरकारले १ मात्र सान्त्वना गोल फर्काउन सक्यो । कोरोना महामारीका कारण सुस्ताएको फुटबल गतिविधिलाई चलायमान बनाउन प्रतियोगिता आयोजना गरिएको जिल्ला फुटबल महासंघ सुर्खेतका महासचिव गणेशकुमार कार्कीले बताए ।

कर्णाली–११ को कप्तानी मुख्मन्त्री महेन्द्रबहादुर शाही र एन्फाको कप्तानी पूर्व राष्ट्रिय फुटबल टोलीका कप्तान एवं एन्फा उपाध्यक्ष उपेन्द्रमान सिहंले गरेका थिए । प्रतियोगितामा मुख्यमन्त्री शाहीले ३० मिनेट खेले भने कृषिमन्त्री विमला केसी १५ मिनेटसम्म मैदानमा रहिन् । यस्तै सामाजिक विकासमन्त्री दल रावललले १० मिनेट खेल्दा सभामुख राजबहादुर शाहीले ८ मिनेट मैदानमा रहे ।

खेलको २० औं मिनेटमा एन्फाको तर्फबाट पूर्व राष्ट्रिय टोलीका कप्तान राकेश श्रेष्ठ र प्रदेश सरकारको तर्फबाट नविन विकले ४० औं मिनेटमा गोल गरे । कर्णालीमा पूर्वाधार विकास हुन नसके पनि फूटवलको अथाह सम्भावना रहेको एन्फा उपाध्यक्ष सिंहले बताए । ‘कर्णालीका खेल सम्भावनालाई उजागर गर्न यस्ता प्रतियोगिताहरु जरुरी छन्,’ उनले भने, ‘नयाँ खेलाडीलाई उत्प्रेरणा दिन पनि हामी मैत्रीपूर्ण खेलमा सहभागी भएका हौं ।’

मुख्यमन्त्री शाहीले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने गरी सन्देश दिन मैत्रीपूर्ण खेल आयोजना गरिएको बताए । ‘खेललाई पनि कर्णालीको विकासमा जोड्ने हाम्रो योजना छ,’ उनले भने, ‘जसका लागि प्रदेशभरि पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ ।’
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x