मनकामना स्मार्ट लघुवित्तको आइपीओ बाँडफाँट, यसरी हेर्नुहोस् रिजल्ट

काठमाण्डौ – असार २८ गते, सोमबार, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा बिहान ९ः३० बजे सो आईपीओ बाँडफाँट भएको हो। बाँडफाँड बाट २ जना भाग्यमानीको ११ कित्ता शेयर पाएका छन् ।  ३६ हजार ३४९ जनाले लघुवित्तको शेयर प्राप्त गरेका छन्। जसमध्ये भाग्यमानी २ जनाले थप १ कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।बिक्री प्रबन्धकले धितोपत्र बोर्डबाट अनुमती पाएपछि सोमबार बिहान ९.३० बजे बाँडफाँड गर्ने भएको हो । लघुवित्तले असार १७ देखि २१ गतेसम्म बिक्री गरेको आइपीओमा २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता शेयर खरिद आवेदन परेको छ । यो संस्थाले निष्काशन गरेको साधारण शेयरको ७३ गुणा हो । संस्थाले ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार बाँडफाँट हुनेछ । निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ता बाँडफाँट गर्दा भाग्यमानी ३६ हजार ३४९ जनाले मात्रै लघुवित्तको शेयर पाउने छन् । निष्काशन गरेको कुल शेयरमध्ये ६ हजार ५८ कित्ता अर्थात जारी पूँजीको ०.५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

यसरी हेर्नुहोस् रिजल्ट

https://iporesult.cdsc.com.np/

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x