युनियन लाइफको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् रिजल्ट

युनियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (असार ३१, बिहीबार) निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडकाे कार्यलयमा अहिले बिहान ५:३० बजे सम्पन्न भएकाे छ । मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । ग्राेलाप्रथाबाट वितरण गर्दा ५ लाख ८० हजार ५ सय जनाले १० कित्ता सेयर हात पारेका छन् । बाँकी १५ लाख ३२ हजार २ सय ९९ आवेदकको भने हात खाली भएकाे छ ।

कम्पनीकाे आईपीओमा कुल २१ लाख ८२ हजार ७ सय ७५ आवेदन परेकाेमा दाेहाेराे आवेदनका कारण ४ हजार ८ सय एक जना आवेदककाे आवेदन रद्द भएकाे छ । त्यस्तै अन्य कारणले ६५ हजार एक सय ७५ जना आवेदककाे आवेदन अन्य कारणले रद्द भएकाे छ । २१ लाख १२ हजार ७ सय ९९ जना याेग्य आवेदक रहेका छन् ।कम्पनीले असार २४ गते, बिहीबारबाट असार २८ गते, साेमबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ । ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएकाे थियाे ।

कसरी हेर्ने रिजल्ट ?

आईपिओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केहि समय लाग्ने भएकाले आईपिओको नतिजा हेर्न भने केहि समय कुर्नुपर्ने हुन्छ । रिजल्ट सार्वजनिक भएपछि कम्पनीकाे आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे (https://iporesult.cdsc.com.np/) नामक वेभसाइटबाट, प्रभु क्यापिटल लिमिटेडकाे वेभसाइट (https://www.prabhucapital.com/), युनियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे वेभसाइट https://unionlife.com.np/,र मेराे सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x