शेयर बजारलाई सर्वसाधारण अनुकुल बनाइने : नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मा

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारलाई सर्वसाधारण अनुकुल बनाइने बताएका छन्। शर्माले शुक्रबार पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा यस्तो बताएका हुन्। उनले शेयर बजारमा के कस्ता समस्या छन् तीनलाई सामाधान गर्दै सर्वसाधारण अनुकुल बनाइने बताएका हुन्। वार्षिक करिब १४ अर्ब राजस्व उठ्ने क्षेत्र शेयर बजार पनि रहेकोले यस क्षेत्रमा रहेका समस्या सामाधान गर्दै सर्वसाधारणकाे हित हुने गरी विकास गरिने शर्माले बताएका छन्।

यो पनि पढ्नुहोस्:
आइतबारदेखि प्रि ओपन सेसनमा कुनै पनि कम्पनीको मूल्य २ प्रतिशतसम्म मात्रै घटबढ हुने भएको छ। नेपाल स्टक एक्सचेञ्जले धितोपत्र कारोबार सञ्चालन विनीयमावली संशोधन गर्दै यस्तो व्यवस्था गरेको होे। उक्त व्यवस्था साउन ३ गते अर्थात आइतबारदेखि लागु हुने नेप्सेले जनाएकाे छ। यसअघि नेपाल धितोपत्र बोर्डले प्रारम्भिक कारोबार सत्र अर्थात प्रि ओपन सेसनमा हुने मूल्य परिवर्तनको सीमालाई घटाएर २ प्रतिशत कायम गर्न निर्देशन दिएको थियो। नेप्सेले सोही अनुसार विनियमावलीमा संशोधन गरेको हो। यसअघि प्रि ओपन सेसनमा ५ प्रतिशतसम्म मूल्य परिवर्तन हुने गरेको थियो। बोर्डले प्रारम्भिक सत्रमा भइरहेको धितोपत्रको मूल्यमा भइरहेको अस्वभाविक उतारचढावलाई व्यवस्थित गर्नुपर्ने देखिएकोले उक्त सत्रमा हुने मूल्य परिवर्तनको सीमालाई घटाएको हो।। त्यसैगरी नियमित कारोबार सत्रमा हुने न्युनतम मूल्य परिवर्तनको सीमालाई समेत घटाएर १० पैसा कायम गरेको छ। यसअघि यते सिमा १ रुपैयाँ रहेको थियो।

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x