जीवन विकास लघुवित्तको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल (ओपनिङ रेञ्ज कति ?)

साउन ३ काठमाडौं । जीवन विकास लघुवित्तको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल रहेको छ । कम्पनीले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने दाखिला खारेज नामसारी रोक्का राख्ने शेयरवालाहरुको लगत अद्यावधिक गर्ने लगायतका धितोपत्र सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि एनएमबि क्यापिटललाई नियुक्त गरेको हो । कम्पनीले असार ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरी असार २३ गते बाँडफाँट गरेको थियो । उक्त आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी समेत एनएमबि क्यापिटलले नै पूरा गरेको थियो । कम्पनीको आईपीओ यसै सातादेखि कारोबारमा आउने गरी सूचीकरण प्रकृया अघि बढीसकेको जानकारी क्यापिटलले दिएको छ ।

आईपीओ निष्कासन पश्चात कम्पनीको चुक्तापूँजी रू. ६० करोड ८४ लाख पुगेको छ । आर्थिक वर्ष ०७६/७७ सम्ममा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ३०५ दशमलव २७ रहेको छ भने प्रतिशेयर आम्दानी रू. १०४ दशमलव ९७ रहेको छ । नेप्सेले प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य पहिलो कारोबारका लागि तोक्ने हुँदा कम्पनीले पहिलो कारोबारका लागि रू. ३०५ दशमलव २७ देखि रू. ९१५ दशमलव ८१ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।

Source: abhiyandaily

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x