५२ लाख ८० हजार कित्ता आईपीओ निस्काशन गर्दै (कुन कम्पनी र कहिले ?)

काठमाडौ-शिवम् सिमेन्टले सर्वसाधारणलाई सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा ५२ लाख ८० हजार कित्ता आईपीओ जारी गर्ने भएको छ । कम्पनीको ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको थियो । २५ गते सम्पन्न कम्पनीको दोस्रो वार्षिक साधारणसभाले साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । नेपाल धितोपत्र बोर्डले उद्योग प्रभावित क्षेत्रका बासिन्दालाई प्रतिकित्ता ३ सय रुपैयाँ र सर्वसाधारणका लागि ४ सय रुपैयाँमा आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो । बोर्डका अनुसार उद्योग प्रभावित क्षेत्रका बासिन्दालाई १ सय रुपैयाँ सहुलियतमा आईपीओ निष्कासन गर्ने उद्योगको प्रस्तावलाई बोर्डले स्वीकार गरेको छ । शिवम्ले हालको जारी पुँजी ४ अर्ब ३० करोड रुपैयाँमा वृद्धि गरी ४ अर्ब ४० करोड रुपैयाँ कायम गर्ने र उक्त पुँजीको १२ प्रतिशत हुन आउने ५२ लाख ८० हजार कित्ता सेयर सर्वसाधारण र उद्योग प्रभावित स्थानीय बासिन्दाका लागि समेत निष्कासन गर्ने जनाएको छ ।

लामो समयपछि सेयर बजारमा वास्तविक उत्पादनमूलक कम्पनी प्रवेश गर्न लागेको हो । गत वर्ष धितोपत्र बोर्डले वास्तविकलगायत अन्य क्षेत्रले न्यूनतम १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्न पाउने व्यवस्था गरेपछि शिवम्ले पनि आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको हो । चीनको होङसी सिमेन्टसँग साझेदारी रहेको शिवम सिमेन्टको उद्योग मकवानपुरको हेटौंडामा छ । सो उद्योगबाट दैनिक ६ हजार टन सिमेन्ट उत्पादन हुनेछ । आईपीओ निष्कासन गर्ने पहिलो सिमेन्ट उदोग शिवम् सिमेन्टले प्रिमियम मूृल्यमा सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ । अर्घाखाँची सिमेन्टलगायतका अन्य केही सिमेन्ट उद्योग पनि आईपीओ निष्कासनको तयारीमा छन् । Source: live24dailynews

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x