यसरी हुँदैछ नेपाली क्रिकेटरको अभ्यास

काठमाडौं- त्रिवि क्रिकेट मैदानमा पहिलो चरणको अभ्यास सञ्चालन भइरहेको छ। पहिलो चरणका २१ खेलाडी अभ्यास छन्। माघ २४ गतेबाट क्यानले छनोट गरेका ३२ खेलाडीमध्ये अहिले २१ खेलाडी पहिलो चरणको अभ्यासमा छन्।

पहिलो चरणमा पृथु बास्कोटा, सौरभ खनाल, विक्रम सोब, राजेश पुलामी मगर, रोहित पौडेल, सुशान भारी, साहब आलम, सन्दीप जोरा छन्। त्यस्तै, कमलसिंह ऐरी, आसिफ शेख, सुनिल धमला, कुशल भुर्तेल, ललितनारायण राजवंशी, हरिशंकर साह, विवेक यादव, रामनरेश गिरी, अर्जुन कुमाल, कृष्ण कार्की, खड्ग बहादुर बोहरा, अजुज चुनारा र पवन सर्राफले अभ्यास गरिरहेका छन्।

आइसिसी विश्वकप क्रिकेट लिग-टु अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज स्थगित भएपनि मुख्य प्रशिक्षक डेभ वाटमोरले नेपाली क्रिकेटरलाई अभ्यास गराइरहेका छन्। क्यानले वाटमोरलाई एक वर्षको लागि नेपाली टिमको मुख्य प्रशिक्षकमा केही दिनअघि नियुक्त गरेको थियो।

पहिलो चरणको अभ्यासपछि दोस्रो चरणको अभ्यासमा थप ११ खेलाडी थपिने छ। दोस्रो चरणको क्याम्पमा आबद्ध हुने खेलाडीहरुमा कप्तान, ज्ञानेन्द्र मल्ल, पूर्वकप्तान पारस खड्का, उपकप्तान दिपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, अविनाश बोहरा, आरिफ शेख, सोमपाल कामी, कुशल मल्ल, करण केसी, सन्दीप लामिछाने र विनोद भण्डारी छन्।

पछिल्लो समयमा नयाँ प्रशिक्षक वाटमोरको प्रशिक्षणमा नेपाली क्रिकेटरले यसरी अभ्यास गरिरहेका छन्।

 

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x