दोस्रो बजारका सेवालाई पनि देशव्यापी बनाउन, ब्रोकर कमिसन घटाउन लगानीकर्ता संघको माग

प्राथमिक बजार देशव्यापी भएजस्तै दोस्रो बजारका सेवालाई पनि देशव्यापी बनाउन पुँजी बजारको वृहत्तर विकासका लागि ७७ वटै जिल्लाका ७५३ स्थानीय निकायसम्म सर्वसाधारणले सहज रूपमा सेयर खरिद बिक्री गर्न पाउने संवैधानिक हक अधिकारलाई सुनिश्चितता गर्न सेयर लगानीकर्ता संघ र नेपाल इन्भेष्टर फोरमले माग गरेको छ । अर्थमन्त्री जनार्दन शर्मालाई मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै लगानीकर्ताहरुले यसका लागि आस्वा प्रणालीको ढाँचामा वाणिज्य बैंक वा बैंकका सहायक कम्पनीहरूका साथै निश्चित मापदण्ड पूरा गरेका प्राकृतिक व्यक्ति वा संस्थामार्फत समेत सेवा प्रवाह गराउन पहल गरिनुपर्ने पनि माग गरेको छ । संघले लगानीकर्ताहरूको बढ्दो सेयर खरिद बिक्री लागतलाई न्युनिकरण गर्न अत्यन्त आवश्यक भएकाले हाल दोहोरो ब्रोकर कमिशन तिर्दै आएकोमा एकतर्फी रूपमा मात्र ०.१५ प्रतिशत भन्दा नबढ्ने गरी विधमान कमिशन दर तत्काल पुनरावलोकन गर्न माग गरेको हो । यस्तै पुँजी बजारसँग सम्बन्धित हाल कार्यान्वयनमा भएर आएका मार्जिन कर्जा लगायतका बुँदालाई निरन्तरता दिँदै हाल पुँजीगत लाभकरलाई वृद्धि गरी ७.५५ प्रतिशत गरिएकोमा उक्त व्यवस्थाले लगानीकर्ताहरू निरुत्साहित भएर दैनिक कारोबारमा गिरावट आएसँगै सरकारले पाउने राजस्वमा समेत ह्रास आएकाले आर्थिक वर्ष २०७७-०७८ सम्म कायम पुँजीगत लाभकरलाई नै निरन्तरता दिई दीर्घकालीन लगानीकर्तालाई पुँजीगत लाभकर २.५५ प्रतिशत कायम गरी लगानीको वातावरणलाई बनाउन प्रोत्साहन गर्नुपर्ने पनि उनीहरुको माग छ

गैर आवासीय नेपाली लगायत विदेशिएका श्रमिक युवा वर्गलाई पुँजीबजारमा सहज प्रवेशको व्यवस्था गरिनु पर्ने तथा पुँजी बजारलाई हेरिने र बुझिने दृष्टिकोणमा व्यापकता ल्याई, पुँजी बजारमार्फत समग्र राष्ट्रलाई औद्योगिककरण गरी समुन्नत राष्ट्र निर्माण गर्न प्राथमिक सेयर निष्काशन गरि समिश्रित वित्तीय व्यवस्था अनुसार सरकारको लगानी र अन्य उद्योगी व्यवसायीसँग छरिएर रहेका यथासम्भव पुँजी संकलन गर्ने माध्यमको रूपमा पुँजीबजारको विकास गर्न पनि उनीहरको माग छ । यस्तै, सबै वर्गका लगानीकर्ताहरुको सहभागिता बढाउन उपलब्ध भएसम्म सबै आवेदकहरुले १० कित्ता सेयर पाउने समावेशी वितरण प्रणालीलाई प्रोत्साहन, तथा निरन्तरता दिन पनि उनीहरुले माग गरेका छन् । सार्वजनिक निष्काशनमा न्यूनतम १० कित्तासम्म आवेदन दिन पाउने व्यवस्थाकाकारण पुँजीबजारको विकास र विस्तारमा महत्वपूर्ण उपलब्धी प्राप्त भई ३७ लाख ५० हजार भन्दा माथि नागरिकहरूले पुँजीबजारमा प्रत्यक्ष सहभागिता रहेको पनि लगानीकर्ताको ठम्याई छ । लगानीकर्ताहरुले आफना माग सम्बोधन भए सेयर वजारको गुणात्मक र परिमाणात्मक दीर्घकालीन विकास हुने पनि दावी गरेका छन् ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x