यो साता विभिन्न ६ कम्पनीको सेयर नेप्सेमा सूचिकृत, कुनको कति कित्ता ?

 यो साता विभिन्न ६ वटा कम्पनीको शेयर नेप्सेमा सूचिकृत भएको छ ।  जसमा सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड, आईएमई जनरल इन्स्योरेन्स, नेपाल हाइड्रो डेभलोपर्स लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, लक्ष्मी उन्नति कोष र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् । उक्त कम्पनी मध्ये कम्पनीको बोनस सेयर एक कम्पनीको आइपिओ एक कम्पनीको सेयर मूल्य र एक कम्पनीको इकाई नेप्सेमा सूचिकृत भएको हो ।

१. सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड
यो साता सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । स्टकका अनुसार कम्पनीको ७ प्रतिशत बोनस बापतको ५ लाख ७६ हजार ३ सय ७८.५०१३ कित्ता सेयर सूचिकृत भएको हो । यसअघि पनि आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७ प्रतिशत बोनस बापतको ७ लाख ५७ हजार ५ सय कित्ता सेयर सूचिकृत भएको थियो ।

२. आईएमई जनरल इन्स्योरेन्स
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार आईएमई जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ७ प्रतिशत बोनस शेयरबापत ७ लाख ५७ हजार पाँच सय कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीले बोनस शेयर कर प्रयोजनका लागि रू. ३९ लाख ८६ हजार ८४२.११ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव सोही सभाबाट पारित गरेको हो । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८ करोड १८ लाख ३६ हजारको आधारमा ७ प्रतिशत बोनस शेयर र ०.३७ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

३. नेपाल हाइड्रो डेभलोपर्स लिमिटेड
नेपाल स्टक एक्सेन्च (नेप्से) मा नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ३ लाख ९० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले गत चैत १७ गते सम्पन्न वार्षिक साधारण सभा पारित १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

४. जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ६० लाख ८४ हजार एक सय कित्ता (आईपीओ) नेप्सेमा सूचिकृत भएको हो ।  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । आईपीओमा परेको आवेदनमध्ये २० लाख १८ हजार ३ सय ८ जना मात्र योग्य आवेदक रहेका थिए । गोलाप्रथाबाट गरिएको बाँडफाँडमा बढीमा ११ कित्ता र थोरैमा १० कित्ता बाँडफाँड गरिएको थियो । आइपिओ वितरण गर्दा १ लाख ८४ हजार ८ सय १ जना आवेदकले १० कित्ताका दरले सेयर र १० कित्ता भन्दा धेरै आवेदन दिने ५ जनाले भने ११ कित्ताका दरले सेयर पाएका थिए ।

५. लक्ष्मी उन्नति कोष
लक्ष्मी उन्नति कोषको इकाई मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ । नेप्सेले कोषले प्रस्ताव गरेको २५ प्रतिशत नगद लाभांश प्रयोजनमा मूल्य समायोजन गरेको हो । मंगलबार कायम कोषको अन्तिम इकाई मूल्य १५ रुपैयाँ १२ पैसाका आधारमा नेप्सेले नगद लाभांश पछिको मूल्य १२ रुपैयाँ ६२ पैसा तोकेको हो । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलको व्यवस्थापनमा सञ्चालित यस योजना सञ्चालनमा रहेको छ । यस वर्ष सबैभन्दा पहिला लाभांश घोषणा गर्ने यो पहिलो कम्पनी हो ।

६. एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ । इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर समायोजन भएको हो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x