११ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौँ – ११ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । जसमध्ये पाँच कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेकर नै लागेको छ । घलेम्दी हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट, कालिका पावर कम्पनी, ग्रिनलाइफ हाइड्रोपावर र युनिभर्सल  पावर कम्पनीको सेयर मूल्य बढेर सर्किट ब्रेकर लागेको हो । जीवन विकास लघुवित्त, ङादी ग्रुप पावर, एभरेष्ट इन्स्योरेन्स कम्पनी, सिइबिडी हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल र रैराङ हाइड्रोपावरको सेयर भाउमा ९ प्रतिशतभन्दा बढी दरमा वृद्धि भएको हो । नेप्से परिसूचक भने एक दशमलव २५ अंकले बढेर ३०८१.०५ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १३ समूहमध्ये सात समूहका परिसूचक कमजोर छन् । सबैभन्दा ठूलो वृद्धि जलविद्युत्‌ समूहमा देखिएको छ । १२ अर्ब १० करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । एक लाख १७ हजार चार सय ९० पटकको कारोबारमा तीन करोड कित्ता सेयर किनबेच भएको छ ।

यो पनि पढ्नुहोस्: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबारको पहिलो दिन आइतबार १.२५ अंकले बढेको छ। नेप्से १.२४ अंकले बढेर ५ हजार ७२ दशमलब १५ विन्दुमा पुगेको छ। साताको अन्तिम दिन ३०७९.८३ विन्दुमा बन्द भएको नेप्से आज १.२४ अंकले बढेको हो। यस्तै सेन्सेटिभ इण्डेक्स १.२४ अंक,फ्लोट इण्डेक्स ०.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३८ अंकले बढेको छ। आइतबार १२ अर्ब १० करोड ३८ लाख ७१ हजार बराबरको कारोबार भएको छ । २२६ कम्पनीको १ लाख १७ हजार ४९० पटकको कारोबारमा ३ करोड ३ लाख ४२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। नेप्से सामान्य अंकले बढेपनि आज ६ कम्पनीको शेयर १० प्रतिशतले बढेको छ भने ६ कम्पनीको ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। आज गुडविल फाइनान्सको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यसको शेयरमूल्य ७.११ प्रतिशतले बढीले घटेको छ । यस्तै चन्द्रागिरी हिल्स,नारायणी डेभलपमेन्ट बैंक,कुमारी इक्विटी फण्ड,प्रभु इन्स्योरेन्स,एनआइबी समृद्धि फण्डको मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ।

यस्तै, होटल तथा पर्यटन उपसमूहको परिसूचक २.३२ प्रतिशत घटेको छ। त्यस्तै,अन्य उपसमूहको परिसूचक १.४३ प्रतिशत, वित्त उपसमूहको १.१८ प्रतिशत, जीवन बीमाको १.१५ प्रतिशत र निर्जीवन बीमाको १.१४ प्रतिशत घटेको छ। यस्तै कारोबारमा आएका १३ उपसमूहमध्ये ६ उपसमुहको परिसूचक बढेको छ भने बाँकी ७ को उपसमूहको परिसूचक घटेको छ। आज जलविद्युत उपसमूहको परिसूचक २.४९ प्रतिशतले बढेको छ भने व्यापार उपसमूहको १.७३ प्रतिशत र लघुवित्तको १.१७ प्रतिशतले बढेको छ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x