स्पेशल प्रि ओपन सेसनमा युनियन लाइफ इन्स्योरेन्सको कतिमा भयो पहिलो कारोबार?

साउन १८ गते, सोमबार, स्पेशल प्रि ओपन सेसनमा युनियन लाइफ इन्स्योरेन्सको पहिलो कारोबार भएको छ। यस दिन सो सेसनमा युनियन लाइफ इन्स्योरेन्सको ३४२ प्रतिकित्ता रुपैयाँमा १० कित्ता शेयर खरिदबिक्री भएको छ। यी दुबै कम्पनीको शेयर हिजो अर्थात साउन १७ गते नेप्सेमा सूचीकृत भएको थियो। त्यसैगरी, युनियन लाइफ (ULI) ले पहिलो कारोबारको लागि ११५ रुपैयाँ १३ पैसादेखि ३४५ रुपैयाँ ३९ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको थियो। इन्स्योरेन्सको शेयर युएलआई टिकरमा कारोबार भएको हो।

कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्विटी फण्ड (KEF) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छ।  कोष व्यवस्थापक कुमारी क्यापिटलको साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो। बैठकले योजनाका इकाईधनीहरुलाई ५ प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x