कारोबारको दोस्रो दिन सोमबार ५ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि, कुनको कतिले बढ्यो ?

कारोबारको दोस्रो दिन सोमबार कारोबारको अन्तिम समयसम्म आउँदा ५ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । आज घलेम्दी हाइड्रोको शेयरमुल्य १० प्रतिशतले बढेको छ । यस्तै, गुराँस लघुवित्तको शेयरमुल्य ९.९८ प्रतिशतले, फस्ट माइक्रोफाइनान्सको ९.०९, युनिभर्सल पावरको ९ प्रतिशत र अरुण काबेली जलविद्युतको ८.४२ प्रतिशतले बढेको छ । घलेम्दी हाइड्रोको शेयरमुल्य प्रतिकित्ता रु.४२४, गुराँस लघुवित्तको रु.२ हजार ११५, फस्ट माइक्रोफाइनान्सको रु.९६०, युनिभर्सल पावरको रु ४९४ र अरुण काबेली जलविद्युतको रु.३७० पुगेको छ ।

यो पनि पढ्नुहोस् : नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले आज होण्डाको सीबीआर ३५० आर नेपाली बजारमा  सार्वजनिक गरेको छ । आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको छ । मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिङ्गल टोनमा प्रिसियस ब्ल्याक विथ पर्ल स्पोर्टस् एलो र रेडिएन्ट रेड मेटालिक गरी २ विभिन्न रङ्गहरुमा उपलब्ध छ । एडभान्स डिजिटल एनालग मिटर, डुएल च्यानल एबीएस साइड स्ट्यान्ड इन्डिकेटर, इन्जिन स्टार्ट र अफ स्विच, डिस्ट्यान्स टू एम्प्टी, एभरेज माइलेज र रियल टाइम माइलेज जस्ता यस बाइकको धेरै मध्येका केहि विशेषताहरु हुन् । नेपाली बजारमा यस सीबीआर ३५० आरको मूल्य  ७ लाख ७५ हजार रुपैयाँ तोकिएको छ । थप जानकारीका लागि तपाईंहरुले होण्डाको टोल फ्रि नं। १६६००१४६६३२ (नेपाल टेलिकम) र ९८०१५७११११ (एनसेलं) मा सम्पर्क गर्न सक्नेछन् ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x