सेयर बजार उकालो लाग्ने क्रम जारी, साढें १५ अर्ब माथिको कारोबार

काठमाडौँ– सेयर बजार उकालो लाग्ने क्रम जारी छ। बुधबार पनि बजार १२.१५ अंकले बढेको छ। ०.३९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक ३१२३.२४ अकंमा पुगेर ऐतिहासिक उचाइमा बन्द भएको हो। मंगलबार २६ अंकले बढेर पहिलोपटक ३१०० अंकको बिन्दु पार गरेर ३१११.०९ अंकमा बन्द भएको नेप्सेले पुनः नयाँ उचाइ कायम गरेको हो। नेप्सेका अनुसार बुधबार २२५ कम्पनीको २ करोड ८८ लाख १३ हजार ८ सय ३१ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २ सय ७१.०४ रुपैयाँ बराबरको कारोबार भएको छ। बजार बढेको दिन बैंकिङ ४.२९, विकास बैंक ६५.८५, जलविद्युत १९४.०७, वित्त ४५.०५, उत्पादनमूलक २७.८४ र लगानी समूह ०.३४ अंकले बढेका छन्। बाँकी समूह भने राताम्मे भएका छन् । सबैभन्दा बढी लघुवित्त समूह १२६.३३ अंकले घटेको छ।

बुधबार ११ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। अपि पावर कम्पनी, खानीखोला हाइड्रो, दिव्यश्वरी हाइड्रो, कालिका पावर, अपर तामाकोसी, घलेम्दी हाइड्रो र युनियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य १०–१० प्रतिशतले बढेको छ। यस्तै, जीवन विकास लघुवित्तको ९.९९ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ९.८७ प्रतिशत, सान्जेन जलविद्युत्को ९.६७ प्रतिशत र आँखु खोला जलविद्युत्को सेयर मूल्य ९.१६ प्रतिशतले बढेको हो। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याउने तयारी गरेको समाचारपछि बुधबार जलविद्युत् कम्पनीको सेयर मूल्य बढेको आकलन गरिएको छ।यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २५ कम्पनीको २ करोड ८८ लाख कित्ता शेयर १५ अर्ब ६० करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x