नेप्से परिसूचक १६ अंकले घट्यो, हाइड्रोपावर कम्पनीहरु राताम्य

काठमाडौं । कारोबारको अन्तिम दिन सेयरबजार परिसूचक नेप्सेमा १६ अंकले घटको छ । बुधबार १२.०५ अंकले बढेर ३१ सय २३.१४ बिन्दुमा पुगेर रेकर्ड राखेको नेप्सेले आज भने १६ अंकले घटेर ३१ सय ०७.४५ बिन्दु कायम कायम भई कारोबार बन्द भएको हो । नेप्सेका अनुसार आजका दिन विकास बैंक समूहको सेयर भने झन्डै १ सय ११ अङ्कले बढेको छ । यस क्षेत्रमा पोजेटिभ भाइब आएसँगै सेयर बजारमा १४ अर्बमाथिको कारोबार भएको छ। १६ अंकले खस्किएको बजारमा कारोबार रकम भने यस दिन पनि १४ अर्बमाथि रहेको छ । नेप्सेका अनुसार आज कुल २२६ कम्पनीका २ करोड ८८ लाख कित्तामाथिको सेयर १ लाख ३५ हजार बढी पटक किनबेच हुँदा अधिकतम १४ अर्ब ३१ करोड ६२ लाखको कारोबार भएको छ । बुधबार कुल कारोबार रकम १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ रहेको थियो ।

बिहीबार माइक्रोफाइनान्स समूहको सेयर ३९ अङ्कले, जलविद्युत समूहको ७६ अङ्कले, होटल समूहको ४७, अन्य समूहको १७, उत्पादन समूहको ६९, फाइनान्स समूहको २४, जीवन बीमा समूहको ५९ र निर्जीवन बीमा समूहको सेयर ५६ अङ्कले घटेको छ । आज सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनीको सेयर झन्डै सात प्रतिशतले र घलेम्दी, शिवश्री र रिडी हाइड्रोको सेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि नेपाल फाइनान्स, कर्णाली विकास बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफको सेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। Source: lokpath

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x