नेप्सेमा ५ कम्पनीको ३४ लाख १८ हजार कित्ता बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं  : नेप्सेमा ५ वटा कम्पनीको ३४ लाख १८ हजार ६८९.१७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । जसमा सबैभन्दा धेरै फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको १२ लाख ५१ हजार ३८.५० कित्ता (२५%) बोनस सेयर रहेको छ । त्यसैगरी, रिलायन्स फाइनान्सको ८ लाख ३२ हजार ४१६.०६ कित्ता (१०%), प्रुडेन्सियल इन्सुरेन्सको ८ लाख २१ हजार १४५.६० कित्ता (८%), नाडेप लघुवित्तको ३ लाख ६८ हजार कित्ता (१०%) र मिथिला लघुवित्तको १ लाख ४६ हजार ८९.०१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

यो पनि पढ्नुहोस् : काठमाडौं, २२ साउन । एनएमबि बैंकले अब फिक्स्ड ब्याजदरमै घर कर्जा दिने भएको छ । अब घर कर्जा लिने ऋणीहरु निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुने भएका छन् । एउटै ब्यादरमा घर कर्जा दिने एनएमबि बैंकले योजना ल्याएसँगै ऋणीहरु उक्त चिन्ताबाट मुक्त हुने बिश्वास लिएको छ । एनएमबि बैंकले प्रतिवर्ष ८.५० प्रतिशत फिक्स्ड ब्याजदरमा घर कर्जा प्रवाह गर्ने सुनिश्चितता गरेको छ । बैंकले ५ वर्षसम्म एउटै ब्याजदर रहने तथा २५ वर्षसम्मको कर्जा अवधि रोज्न मिल्ने गरी सरल तथा सहज योजना अघि सारेको जनाएको छ । यसैगरी, फिक्स्ड दर बाहेकको घर कर्जाको हकमा भने एनएमबि बैंकले प्रतिवर्ष ७.९९ प्रतिशतमै कर्जा प्रदान गर्दै आइरहेको छ । यसरी ग्राहकले डेरा भाडा तिर्नेे पैसाले आफ्नै घर खरिद गर्न सकिने सपना पुरा गर्न यस योजनाले सघाउ पुर्याउने बैंकको विश्वास छ ।बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएम, ९ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x