कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, आज २५ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ। आज २५ जनाको मृत्यु भएसँगै संख्या १० हजार नाघेको हो । ०७७ जेठ ३ गते सिन्धुपाल्चोक बाह्रविसेकी एक सुत्केरी महिलाको मृत्यु नेपालमा कोरोना संक्रमणबाट पहिलो मृत्यु थियो । त्यस यता आजसम्म मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८८५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६५ हजार ५४८ पुगेको छ। नेपालमा आज ३ हजार ७२९ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट १ हजार २९९ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ रहेको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख १० हजार ५०९ जना र एन्टीजेन परीक्षणबाट ६७ हजार ८० जना पुगेको छ। आज १५ हजार ६७५ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३६ लाख ६५ हजार ८३५ जनाको पिसिआर र ३ लाख ४९ हजार ५४३ जनाको एन्टीजेन परीक्षण गरिएको छ। काठमाडौं उपत्यकामा आज ७०१ जना कोभिड संक्रमित थपिएका छन्। आज काठमाडौंमा ४७१, भक्तपुरमा ८३ र ललितपुरमा १४७ जना संक्रमित थपिएका हुन्।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x