लगानीकर्ताको आकर्षण सर्वाधिक कारोबार हुने १० कम्पनीमा सबै हाइड्रोपावर !

आज (आइतबार) सेयर बजारमा सर्वाधिक कारोबार हुने १० वटा कम्पनीहरूमध्ये १० वटै हाइड्रोपावरहरू रहेका छन् । पछिल्लो समय हाइड्रोपावर कम्पनीहरूमा लगानीकर्ताको आकर्षण निरन्तर बढिरहेको छ । आज अपि पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८१ करोड ८५ लाख ८७ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । धेरै कारोबार हुने दोश्रो कम्पनीमा अरूण भ्याली हाइड्रोपावर कम्पनी रहेको छ । कम्पनीको ६० करोड ५० लाख ३४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । सर्वाधिक कारोबार हुने कम्पनीहरूको तेश्रो नम्बरमा युनिभर्सल पावर कम्पनी रहेको छ । कम्पनीको ५४ करोड ४४ लाख ९३ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । सर्वाधिक कारोबार हुने अन्य कम्पनीहरूमा ङादी ग्रुप पावर, बुटवल पावर, राधी विद्युत, अरूण काबेली, सानिमा माइ हाइड्रोपावर, अपर तामाकोशी र सिनर्जी पावर रहेका छन् ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x