मैलुङ खोला जलविद्युतको आइपिओ बाँडफाँट : भाग्यमानी ६ जनाले पाए ११ कित्ता, यसरी हेर्नुहोस् नतिजा

आज मंगलबार मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको प्राथमिक शेयर (आइपिओ) बाँडफाँट भएको छ ।  बाँडफाँटमा मापदण्डअनुसार आवेदन दिने २० लाख ६५ हजार १२४ जनाआवेदकहरूमध्ये गोलाप्रथाद्वारा शेयर बाँडफाँट गरिएको हो । जसमा ६८ हजार ४७४ जना आवेदकले १० कित्ताका दरले र भाग्यमानी ६ जनाले एक कित्ता थप अर्थात ११ कित्ताका दरले शेयर पाएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको हो । कम्पनीको आइपिआमो कुल २० लाख ६७ हजार ९६७ जनाको आवेदन परेकोमा २ हजार ८४३ जनाको आवेदन रद्द भएको थियो भने । कम्पनीले साउन १४ गतेदेखि १८ गतेसम्म सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेकोमा शेयर बिक्रीको अन्तिम दिन साउन १८ गते सोमबार मेरो शेयर र सि–आस्वा सेवा अवरुद्ध भएको थियो । लगानीकर्ताहरूले शेयर भर्न नपाएको गुनासो गरेपछि कम्पनीले सिडिएस एण्ड क्लियरिङ लिमिटेडसँगको समन्वयमा उक्त निष्काशनको लागि मेरो शेयरमार्फत आवेदन दिने समय साउन १९ गते मंगलबार दिउँसो १२ बजेदेखि १ः३० बजेसम्म थप गरेको थियो ।

कम्पनीले जारी पूँजी ३६ करोड ८१ लाख ४३ हजारमध्ये २० प्रतिशत अर्थात  ७ करोड ३६ लाख २८६ रुपैयाँ बराबरको शेयर निष्काशन गरेको हो । प्रतिशेयर  १०० रुपैयाँको अंकित मूल्यमा ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनमा ल्याएको कम्पनीको आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले उल्लेख गरेको थियो । कम्पनीले निष्काशन गर्ने कूल कित्तामध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी रहेको ६ लाख ६८ हजार ७४६ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिएका थिए । कम्पनीले निष्काशन गरेको आइपिओलाई केयर रेटिङ्ग नेपालले  वित्तीय दायित्व पुरा नगरेको वा छिटै पुरा गर्न नसक्ने जनाउने सङ्केत केयर एनपी डी रेटिङ्ग प्रदान गरेको थियो । हाल कम्पनीको चुक्ता पूँजी २९ करोड ४५ लाख १४ हजार ४०० रुपैयाँ रहेको छ। सर्वसाधारणमा आइपिओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ पुगेको छ । प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्म पहिलो शेयर कारोबारका लागि मूल्य तोकिने हुँदा कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता ९५.९५ देखि २८७.२५ सम्मको मूल्यरेञ्ज पाउने देखिन्छ ।आइपिओ बाँडफाँटपछि डाटा अपलोड भइसकेपछि मात्रै नतिजा हेर्न सकिनेछ । आइपिओ हेर्नका लागि सिडिएस एण्ड क्लियरिङ लिमिटेडको आइपिओ रिजल्ट सिडिएसी डटकम, सिद्धार्थ क्यापिटल लिमिटेडको वेभसाइट  र मेरो सेयरमार्फत पनि हेर्न सकिनेछ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x