८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन मिति तोकियो (कुन कम्पनी, र कहिले ?)

तेह्रथुम पावर कम्पनी लिमिटेडले यही भदौ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ८ लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ । निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा सर्वसाधारणले भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा पूर्ण आवेदन नपरेमा भदौ २३ गतेसम्म आवेदन दिन मिति लम्बिनेछ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । उक्त शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ६० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । Source: ajakoartha

यो पनि पढ्नुहोस्: एकजना धनी व्यापारी थिए। आफ्नो पौरख‚ मिहिनेत र इमान्दारिताले जीवनमा चाहिने सम्पत्ति पनि जोडेका थिए। आफ्नो व्यापार व्यवसाय छोरालाई जिम्मा लगाएर सेवा निवृत्त जीवन बिताउन सुरु गरे। त्यसपछि उनको सोख या दिनचर्या बनेको थियो– साँझ बिहान नित्यकर्म, योग, ध्यान र बगैंचामा टहलिने। आनन्द लिने अनि दिउँसो  एकजना सहयोगी साथमा लिने र दिनभर बजार घुम्ने अनि आफूलाई मन परेको वस्तु संग्रह गर्नु। दिउँसो घरबाहिर निस्केपछि आफूलाई मन परेको सामान किनेर खुसीसाथ घर फर्कन्थे। एक दिनको कुरा हो‚ एउटा ऊँट उनलाई एकदमै मनपर्‍यो। त्यसको मूल्य पनि धेरै नै थियो। तर पनि उनले खुसी साथ ऊँट किने र त्यसमा चढेर घर फर्के। बाटोमा जाँदै गर्दा सिटमुनि कुनै चिज बजेको, केही गह्रुङ्गो सामान भए जस्तो महसुस गरे र ऊँटबाट ओर्ले। यसो हेरे, नभन्दै एउटा पोको रहेछ जसमा बहुमूल्य हिरा र पत्थर रहेछन्। उनले आफ्ना सहयोगीलाई भने– मैले त ऊँट मात्र किनेको हो। यी बहुमूल्य गहनाको मूल्य तिरेको छैन। त्यसैले फिर्ता गर्नुपर्छ, म गएर फिर्ता गरेर आउँछु। उनका सहयोगीले भने– सर, यो किन फिर्ता गर्नुपर्‍यो। कसले देखेको छ र? फेरि ऊँट त हजुरले मूल्य तिरेर किनेको हो। यसमा आपत्ति के छ र? फिर्ता गर्नुपर्ने जरुरत छैन। ती व्यापारीले भने– बाबु यसलाई कसैले देखेको छैन। तर मैले देखेको छु। उनी फर्के र जोसँग ऊँट किनेका थिए उनलाई त्यो गहनाको पोको फिर्ता गरे। ऊँट व्यापारी पनि आश्चर्यमा परे उनको स्वभाव देखेर। ऊँट व्यापारीले भने– हजुरको यो व्यवहार देखेर म प्रभावित भएँ। यहाँ भएका गहनामध्ये दुई गहना जुन मनपर्छ त्यो उपहार स्वरूप दिन चाहन्छु। कुन मनपर्छ रोज्नुहोला।उनले भने– तिमी मान‚ मैले ती दुबै गहना पहिल्यै लिइसकेको छु। ऊँट व्यापारीले पोको खोलेर हेरे, गने, सबै गहना, हिरा, पत्थर त्यहीँ जस्ताको तस्तै थिए। खोई सबै यही छ त! के लिनुभयो ?

उनले भने– मेरो अखण्डता र आत्मसम्मान मेरा जीवनका गहना हुन् जुन मैले आफैं कमाएको छु र त्यसकै कारण आनन्दित र सन्तुष्ट पनि छु। जुनसुकै परिस्थितिमा पनि यि दुई गहना आफूबाट छुट्न दिनुहुन्न। जीवनमा कुनै चिज छुटोस् आफूबाट तर विश्वास नछुटोस्। जीवनमा सफलता कम मिलोस् तर निद्रा गुमाउनु नपरोस्। भौतिक सम्पदा थोरै हात लागोस्। तर आत्मसन्तुष्टि पूर्ण रूपमा मिलोस्। बाहिरको सम्मान नमिलोस् तर आन्तरिक प्रतिष्ठा मिलोस् आफैसँग। बाहिरको विरासत थोरै महसुस होस् तर आन्तरिक सुखरूपी विरासतले पूर्णता पाओस्। कसैले नदेखुन् तर आफ्नो अखण्डता खण्डित नहोस्। बाहिरी सम्मान नमिलोस् तर आत्मसम्मान गुमाउनुपर्ने अवस्था नआओस्। यसप्रति म सजग छु। त्यसैले यी दुई गहना मेरा जीवनका ठूला आर्जन हुन्। ऊँट व्यापारीले लामो स्वास लिए, उनलाई अभिवादन गरे र प्रसन्न भावमा बिदाई गरे। सर्वव्यापी गुण: सार्वभौमिकता, अखण्डता र राष्ट्रिय हितमा राष्ट्रिय एकता हुनुपर्दछ भन्ने शब्द धेरै सुनिन्छ। मानौं यी शब्दले राजनीतिक गुणलाई प्रष्ट पार्दछन्। यो गुण राजनीतिक विकासमा मात्र लागू हुन्छ या प्रयोग गरिन्छ भन्ने आभाष भएको छ। सार्वभौमिकता त सर्वहित गुणवत्ता हो।व्यक्तिको जीवनमा, अनुशासनमा र जीवनशैलीमा पनि यो गुण आवश्यक रहन्छ। सर्वव्यापी रूपी गुण बोकेको यो स्वभाव स्व–हित, पर–हित र सर्व–हितमा काम आउन सक्यो भने जीवनमा रुपान्तरण आउँछ। स्व–सम्मान, स्व–भाव, आफूमा स्थापित र स्थिर हुन सक्ने क्षणको अभ्यासले सार्वभौमिकताको रहस्यलाई उजागर गर्दछ।अखण्डता अर्थात् खण्डित नहुनु, हामी कसरी अखण्डित भएर जिउन सक्छौं त भन्ने जिज्ञासा भन्दा पनि कुन कुन चिजले हाम्रो स्वभाव र गुणवत्तालाई खण्डित गरेको छ थाहा पायौं भने गहिराइको अनुभूतिमा जान सजिलो हुनेछ। सतही ज्ञान र जानकारीले जीवनमा पूर्णताको अनुभूति दिन सक्दैन। धनका लागि मन खण्डित हुन्छ, पदका लागि, प्रतिष्ठा अनि बाहिरी सम्मानको लागि मन खण्डित भइदिन्छ। बहिर्मुखी स्वभाव र सुखानुभूतिले आन्तरिक खोजलाई पछि पारिरहेको हुन्छ। जुन कुराको बोध हुन अकम्पित र अखण्डित भएर आफ्नै स्वभाव र आत्मसम्मानमा रमाउने कला जरुरी रहन्छ।

शारीरिक, मानसिक र आत्मिक रुपमै आत्मनिर्भर हुन सकेको क्षण आत्मसम्मानको अनुभूति हुनेछ। अरुप्रति घृणा, द्वेष र इर्ष्या जागृत हुनु नै आत्मसम्मानको अभावले हो।  आत्मविश्वासको विकाससँगै हाम्रो सोच, समझ र विवेकको संयमताले आत्मसम्मानलाई बचाई राख्दछ र अरूलाई सम्मान दिने गुणको विकास हुन्छ। यही नै स्वाभिमानको परिचय बन्दछ। निर्णय क्षमताको विकास, प्रतिष्पर्धाको भावना अन्त्य,  धैर्यता, अखण्डित, अकम्पित, स्थिरता र संवेदनशीलताको अनुभूति नै आत्मसम्मानको परिणाम हो। नकारात्मक कर्मको अन्त्य र अराजकताबाट मुक्ति पाउने उपाय केवल आत्मविश्वास कायम राख्नु मै छ आत्मसम्मान र जीवनको सत्यता जीवनको सत्यतालाई अनुभूति गर्न पनि आत्मसम्मानको गुण जरुरी पर्दछ। जब कसैले सत्यलाई पाउँछ त उसले शास्त्रबाट पाएको हुँदैन। कृष्णले गीता पढेर सत्य पाएका होइनन्। पहिले सत्यलाई जाने त्यसपछि उनबाट गीताको प्रभाव भयो। बुद्धले धम्मपद पढेर सत्य पाएका होइनन्। पहिले स्वयंलाई अध्ययन गरे। सत्यलाई जाने अनि धम्मपदको यमुना बग्यो। लाओत्सेले ताओ तेह किङ्ग पढेर सत्य पाएका होइनन्, पहिले आत्मनुसन्धानबाट सत्यलाई जाने त्यसपछि ताओ तेह किङ्ग सिर्जना भयो। ओशोले आफ्ना ६५० किताब पढेर सत्य पाएका होइनन्, पहिले जीवनको परम सत्यलाई बुझेपछि उनको प्रवचनको माध्यमबाट त्यति धेरै किताब सिर्जना भएका हुन्। त्यसैले प्रष्ट यही हो कि जसले सत्यलाई जान्दछ उसले शास्त्र पढेर पाउँदैन। आफ्नो जीवनको किताब पढेर मात्र पाउँछ। साहसी व्यक्ति मात्र आफ्नो किताब खोलेर पढ्न तयार हुन्छन्। किनकि जीवनको किताब पढ्न सक्नु सबैको वशको कुरा होइन। जो साहसी छ, हिम्मती छ आफ्नो जीवनको किताबका पाना पल्टाउन तयार छ। उसका लागि परम सत्यले पनि पर्खेर बसेको हुन्छ। किताब बेच्ने पसलमा गएर हेर्‍यौं भने व्यापारीले आफ्नो पसलमा राखेका कुनै पनि किताब चाहे वेद होस् चाहे कुरान होस् या ओशोको सुन्दर महागीताका पाना पल्टाएको हुँदैन। उसको काम केवल किताब कभर गरेर राख्नेमा हुन्छ।

जीवनलाई सम्भावनाको कसीमा राखेर जिउनु पर्दछ। हाम्रा धेरै दर्शनशास्त्रले जीवनलाई दुःख र समस्याको रुपमा प्रस्तुत गरेका छन् तर जुन दिनदेखि जीवनप्रतिको आकांक्षा छोडेर, खाली हुन जान्यो, अस्तित्वको शरणमा सबै छोड्न जान्यो त्यस दिनदेखि व्यक्ति अरु स्वस्थ, मस्त, धनवान, एक पूर्ण व्यक्तिको अनुभूति गर्न थाल्दछ। पूर्ण समग्रताको रहस्य खुल्दछ। किताबको पाना पल्टाएन, किताबप्रति दुर्व्यवहार गर्‍यो भनेर उसलाई दोषी बनाइन्न। किनकि किताब पसलमा राखेका सबै किताब उसका आफ्ना किताब होइनन्। ती किताबमा जे पनि लेखेका छन् उसबारे लेखिएका छैनन्। तर हामीले हाम्रो जिन्दगीको किताबमाथि यस्तो दुर्व्यवहार गर्‍यौं भने क्षमा हुने छैन। किनभने हाम्रो जिन्दगीको किताब हाम्रो किताब हो।  यो किताब हामीले आफैं लेखेको हो। जानेर नजानेर हाम्रो किताबमा जे लेखेका छौं त्यो हाम्रो आफ्नै लेखाइ हो। जीवनमा अरु केही बन्नु छैन बरु जे सम्भावना छ हामीमा त्यसले प्रकट हुन पाउनु पर्दछ। एउटा बिउ माटोमा अंकुरण भएर वृक्ष बने जस्तै हामी भित्रको प्रेमरुपी, पूर्णतारुपी बिउ पनि अंकुरण हुन दिनु परेको छ। जीवनमा हरेक क्रियाकलाप विल्कुल नयाँ आयामबाट प्रस्तुत हुन थाल्दछन्। जीवन, आफू छु र हुनुमा सार्थक बोध हुन थाल्दछ। जीवनमा समस्या र दुःख मात्र देख्ने व्यक्तिहरुले पनि बुझ्नु जरुरी छ कि जब जीवन नै स्थायी छैन त समस्या र दुःख कसरी स्थायी होलान्? भनिन्छ सकारात्मक तरिकाले लिने हो भने –शब्द संगीत बन्दछ, गीत नृत्य बन्दछ, मुस्कान हाँसो बन्दछ, बुद्धि ध्यान बन्दछ र जीवन उत्सव बन्दछ त्यसैले जीवनमा जस्तो परिस्थिति आएपनि सकारात्मक रुपमा लिएर अगाडि बढ्न सक्नेले नै जीवनलाई उत्सवपूर्ण बिताउन सक्दछ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x