तीन कम्पनीको शेयरमुल्यमा उच्च गिरावट, कुनको कतिले घट्यो ?

कारोबारको अन्तिम दिन बिहीबार कारोबार खुलेको १ घण्टा नहुदैँ तीन कम्पनीको शेयरमुल्यमा उच्च गिरावट आएको छ । आज खानीखोला हाइड्रोपावरको शेयरमुल्य ६.९२ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.४५६.१०, रुरु जलविद्युतको शेयरमुल्य ६.७८ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.१ हजार ६५० र पञ्चकन्या माई हाइड्रोपावरको शेयरमुल्य ६.४५ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.४३५ पुगेको छ

यो पनि पढ्नुहोस् : काठमाडौं । जलविद्युत कम्पनीहरुले भ्रमपूण सूचना दिएर शेयर बजारमा अनावश्यक चलखेल गरेको भन्दै नियामक निकायले लगानीकर्ताहरुलाई सचेत गराएको छ । जलविद्युत नियमन आयोगले प्रेस विज्ञप्ति जारी गर्दै जानाजान लगानीकर्तालाई झुक्याउने तथा बहकाउने प्रयोजनले त्रुटीपूर्ण सूचना प्रवाह गर्ने प्रवर्द्धक एवम् उत्पादक कम्पनीविरुद्ध आवश्यक कारवाही चाल्ने चेतावनी दिदै लगानीकर्तालाई कमजोर कम्पनीहरुमा नफस्न भनेको छ । केही विद्युत कम्पनीका प्रवर्द्धकले शेयर मूल्यमा अस्वाभाविक वृद्धि गराउने गरी भ्रमपूर्ण वित्तीय विवरण सार्वजनिक गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।कुनैपनि जलविद्युत कम्पनीको शेयरमा लगानी गर्ने वा नगर्ने भन्ने सम्बन्धमा लगानीकर्ता स्वयंले नै सम्बन्धित प्रवर्द्धक कम्पनी तथा आयोजनाको आधारभूत अवस्थाको अध्ययन गरी निक्र्योल गर्नुपर्नेतर्फ पनि आयोगले ध्यानाकर्षण गराएको छ । लगानी गरेको कम्पनीले प्रतिफल दिन सक्ने नसक्ने विषयमा जानकारी राख्न पनि आयोगले आग्रह गरेको छ ।

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x