मानुषी लघुवित्तको आईपिओ नतिजा यसरी हेर्नुहोस

काठमाडौं । मानुषी लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ ।  बिकी प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले सोमबार बिहान आईपिओ बाँडफांड गरेको  छ । गोलाप्रथामार्फत् बाँडफाँट भएकोमा कुल ३६ हजार ८५९ जना सर्वसाधारणले सेयर हात पारेका छन् ।  जसमध्ये ३ जनाले ११ कित्ता र ३६ हजार ८५६ जनाले १० कित्ता सेयर पाएका छन्। कम्पनीको आईपिओको नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट आईपिओको नतिजा हेर्न सकिने छ ।  जस अनुसार मानुषी लघुवित्तको वेबसाइट https://www.manushilbs.com/, बिकी प्रबन्धक नेपाल एसबिआइ मर्चेन्टको वेबसाइट https://nsmbl.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login  र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

कम्पनीले साउन २७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ५४६९ कित्ता कर्मचारीलाई र जारी पुंजीको ५ प्रतिशतले हुन आउने १९ हजार ६ सय ८८ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ३ लाख ६८ हजार ५ सय ९३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x