प्रि ओपनिङ्ग सेसनमा साढे ५ अंकले बढ्यो नेप्से,३० कम्पनीको शेयरमूल्यले वृद्धि

मंगलबार प्रि ओपनिङ्ग सेसनमा नेप्से ५.५७ अंकले बढेको छ । यससँगै नेप्से ३१८६.४७ अंकमा पुगेको छ । नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ६८ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ३० कम्पनीको शेयरमूल्य बढेको छ भने २८ कम्पनीको शेयरमूल्य घटेको छ । १० कम्पनीको मूल्य स्थीर रहेको छ । यस अवधिमा ६८ कम्पनीका २१ हजार ९२८ कित्ता शेयर १ करोड ८० लाख ६५ हजार २३१ रुपैयाँमा खरीद बिक्री भएका छन् । आज मंगलबार कारोबार सुरु भएको केही मिनेटमै नेप्सेमा खानीखोला हाइड्रोपावरको शेयरमुल्यमा नकरात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमुल्य १० प्रतिशतले घटेको छ । आज कम्पनीको शेयरमुल्य ४४.१० रुपैंयाले ओरालो लाग्दै प्रतिकित्ताको मुल्य रु.३९६.९० पुगेको हो । यस्तै यो समाचार तयार पर्दासम्म  कम्पनीको २६ हजार १६० कित्ता शेयर बिक्रीमाग भएको छ भने खरिदमाग शून्य रहेको छ । Source: ajakoartha

यो पनि पढ्नुहोस्: नेपाली बजारमा फेरि सुनकाे मूल्य बढेकाे छ । प्रति ताेलामा ५०० रुपैयाँले बढेर ९१ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे साेमबार सुनकाे मूल्य ९१ हजार १०० रुपैयाँमा काराेबार भएकाे थियाे । तेजाबी सुनकाे मूल्य ९१ हजार १०० रुपैयाँ रहेकाे छ । सुनकाे मूल्यसँगै चाँदीकाे मूल्य पनि बढेकाे छ । मंगलबार प्रति ताेलामा १० रुपैयाँले बढी एक हजार २०० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x