सोमवारदेखि सानिमा लाइफको आईपीओ डिम्याट खातामा, कतिमा होला ओपनिङ रेञ्ज ?

भदौ १४, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ डिम्याट खातामा सोमवारदेखि जम्मा भएको छ । कम्पनीको आईपीओ एसएलआई स्टक कोडबाट डिम्याट खातामा देखिएको हो ।धितोपत्रको दोस्रो बजारमा सूचीकरण प्रक्रियामा रहेको उक्त कम्पनीको दोस्रो बजारमा यसैसाता नेपाल स्टक एक्सचेञ्ज(नेप्से) सँग सम्झौता भएपछि कारोबार शुरु  हुनेछ ।नेप्सेमा सूचीकृत भएपछि लगानीकर्ताले लगानीकर्ताले कारोबार गर्न सक्नेछन्  । कम्पनीको आईपीओले पहिलो कारोबारको लागि १०३ रुपैयाँ १७ पैसादेखि ३०९ रुपैयाँ ५१ पैसा मूल्य रेञ्ज पाउने देखिएको छ ।नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ । कम्पनीको आईपीओ साउन ३० गते बाँडफाँट सम्पन्न भएको थियो । कम्पनीले गत साउन २० गतदेखि साउन २४ गतेसम्म ६० लाख कित्ता आईपीओ  विक्री गरेको थियो । Source: abhiyandaily

यो पनि पढ्नुहोस्: भदौ १४, काठमाडौं । मन्जुश्री फाइनान्सले संस्थापक शेयर मंगलवारदेखि लिलामीमा विक्री खुला गर्ने भएको छ । कम्पनीले रहेको ९ हजार १८७ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो । उक्त शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले भदौ २० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य रू. ३०० तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ । यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र भदौ २१ गते बिहान १० बजे एनआईबिएल एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खाल्ने कम्पनीले जानकारी गराएको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x