आज (बुधबार) नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति कित्ता ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) विभिन्न २ वटा कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । स्टकका अनुसार स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १९.००५६ प्रतिशत बाेनस बापतकाे १५ लाख ६ हजार ६ दशमलव १६ कित्ता सेयर सूचिकृत भएकाे हाे । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाईचुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । उक्त लाभांश चैत्र ११ गते, बुधबार, अम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडाैँमा सम्पन्न भएकाे संस्थाकाे उन्नाइसाैँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । त्यसैगरी, नागरिक लगानी काेषकाे ९ प्रतिशत बाेनस बापतकाे २७ लाख कित्ता सेयर सूचिकृत भएको हाे । कोषले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट काेषका सेयरधनीहरूलाई चुक्ता पुँजीकाे ९ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ८.८९४७ प्रतिशत नगद गरि कूल १७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x